सहकारी वैंकिङ सम्वन्धि अन्र्तक्रिया

वैंकिङ नियमावलिवारे जानकारी
लोकखबर
२०८२ जेष्ठ २४, शनिबार २२:३२

विदुर–राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको विषयमा नुवाकोटको विदुरमा अन्र्तक्रिया गरिएको छ । राष्ट्रिय सहकारी बैंक विदुर शाखाको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको मापदण्डका विषयमा अन्र्तक्रिया गरिएको हो ।
नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ ले पारेको प्रभावका सम्वन्धमा अन्र्तक्रिया गरिएको राष्ट्रिय सहकारी बैंक विदुरले जनाएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका व्यापार विकास प्रमुख मधु रायमाझीले सहभागीहरूलाई पुँजी पर्याप्तताको मापदण्ड, यसको गणना विद्यि, जोखिम वर्गीकरण तथा राष्ट्र बैंक र राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको विषयमा जानकारी गराएको शाखाका प्रमुख किरण डङ्गोलले जानकारी दिए ।
जिल्ला सहकारी सङ्घ नुवाकोटका अध्यक्ष शिवप्रसाद अधिकारीले सहकारी संस्थाहरुले नियमकीय निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहकारी सङ्घ नुवाकोटका पदाधिकारी, सदस्य, सन्चालकलगायत जिल्लामा सञ्चालित सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 


सर्वाधिक रुचाइएको