दिदीवहिनीको रहस्यमय मृत्युमा सात जना पक्राउ

–शव त्रिवि शिक्षण अस्पताल पठाइयो
लोकखबर
२०८२ असार ४, बुधबार २२:१६

विदुर–नुवाकोटको छिमेकी रसुवामा दुई स्कुले  दिदीवहिनीको रहस्यमय रुपमा मृत्यु भएपछि प्रहरीले मसिनो तरिकाले अनुसन्धान सुरु गरेको छ । प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

नुवाकोटसंगै जोडिएको रसुवाको नौकुण्ड गाउंपालिका ५ र कालिका गापा ५ को सिमाना घट्टेखोलामा मंगलवार दुई जना स्थानीय वालिकाको रहस्यमय रुपमा शव फेला परेको थियो । अनुसन्धानका क्रममा वुधवार वेलुकीसम्म सात जनालाई पक्राउ गरिएको प्रहर िनायव उपरिक्षक हेमवहादुर शाहलिे जानकारी दिए ।

पक्राउ परेकामा चार जना महिला रहेका छन् । नौकुण्ड गापा ५ सिस्नेरीकी वहिनी ११ वर्षिया सविना मोक्तान र दिदी १३ वर्षिया सरगम मोक्तानको शव रहस्यमय रुपमा फेला परेकोमा शव पोष्टमार्टमका लागि वुधवार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको  डिएसपि शाहीले जानकारी दिए ।
मृतकहरु सहोदर दिदीवहिनी हुन् । सविना र सरगम दुवै जना विद्यालयमा अध्ययनरत थिए ।
वहिनी सविना गाउंकै सिस्नेरी देउराली आधारभुत विद्यालयको कक्षा ५ र दिदी सरगम खाल्चेत दुप्चेश्वरी आवासिय विद्यालयको कक्षा ८ मा अध्ययनरत थिइन् । दुवै दिदीवहिनी सोमवार वेलुकी खाना खाएर घरवाट निस्केकोमा मंगलवार उनीहरुको खोजी गर्दै जांदा सडकवाट एकसय १५ मिटर तल शव घाउचोट लागेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले स्कुले वालिकाहरुको शव रहस्यमय र शंकास्पद रुपमा फेला परेपछि विशेष रुपमा अनुसन्धान गरिरहेको छ । एकै स्थानमा दिदीवहिनीको शव रहस्यमय रुपमा फेला परेपछि प्रहरी अधिकृतहरु घटनास्थल पुगेका थिए ।


सर्वाधिक रुचाइएको