मझुवामा स्वास्थ्य इकाई भवन

–प्रदेश सरकारको लगानी
लोकखबर
२०८२ असार २६, बिहीबार २०:५०

विदुर–गाउंवासीको स्वास्थ्य सेवाको पहुंचका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको मझुवामा स्वास्थ्य भवन निर्माण भइरहेको छ । वागमति प्रदेश सरकारको सहयोगमा तारकेश्वर गाउँपालिका ६ मझुुवामा स्वास्थ्य इकाइ भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

वागमति प्रदेश स्वास्थ्य मन्त्रालयको कुल १६ लाख रुपैयाको लागतमा भवनको निर्माण भइरहेको वडाध्यक्ष नारायण रिमालले जानकारी दिए । उनका अनुसार भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

यसअघि, उक्त भवनको तारकेश्वर गापा उपाध्यक्ष हरिप्रसाद रिमाल र वडाध्यक्ष नारायण रिमालले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भवन निर्माणसंगै गाउंवासीलाई आधारभुत स्वास्थ्य सेवा दिन सुविधा पुग्ने जनाइएको छ ।


उक्त स्वास्थ्य इकाई भवन निर्माण गर्न आवश्यक जग्गा स्थानीय अनन्तप्रसाद रिमाल र पिन्तराज रिमालले दुई रोपनी जग्गा दानको रुपमा उपलब्ध गराएका हुन् ।

 

 


सर्वाधिक रुचाइएको