पिउनेपानीको उपकरण प्रदान

–पानी तान्ने उपकरणसहित हस्तान्तरण
लोकखबर
२०८२ असार २७, शुक्रबार २३:०१

विदुर–पिउनेपानीका लागि नुवाकोट दरवार क्षेत्रमा पानी तान्ने उपकरणहरु प्रदान गरिएको छ । यसवाट पिउनेपानीको संरचना निर्माणमा सुविधा पुगेको छ ।
विदुर नपा २ वडा कार्यालयले नुवाकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकिय नुवाकोट दरबार खानेपानी तथा सरसफाई संस्था नुवाकोटको लागि विभिन्न उपकरणहरु प्दान गरेको हो । वडाध्यक्ष दीपक कायस्थले ति उपकरणहरु शुक्रवार समितिलाई हस्तान्तरण गरेका हुन् ।

सामानको सदुपयोग गरि पिउने पानीको सदुपयोग र संरक्षण गर्न उनले आग्रह गरे । हस्तान्तरण गरिएका उपकरणहरुमा तीन धाराबाट पानी तान्नको लागि ७ दशमलव ५ हर्षपावरको पम्पलगायत रहेका छन् ।
यसका साथै पानी तान्नको लागि आवस्यक औजारहरु र कार्यालयको लागि आवस्यक सोफासेट, दुइवटा सिलिङ फाइन, टुलबक्स, झोला, टेप, रेन्चु, गेटभल्वलगायत खानेपानीको लागि आवस्यक सामानहरु हस्तान्तरण गरिएको वडाध्यक्ष कायस्थले वताए ।


सर्वाधिक रुचाइएको