अलपत्र वालकलाई नपाले दियो आश्रय

– सेफ हाउसमा राखियो वालकलाई
लोकखबर
२०८२ श्रावण ११, आईतवार २०:४४

बिदुर–नुवाकोटको कोलोनीमा एक वालक अलपत्र अवस्थामा फेला परेका छन् । विदुर नगरपालिकाले बालकलाई सुरक्षित रुपमा आश्रय दिएर राखेको छ ।
नगर प्रहरी कार्यालय कोलोनी, नुवाकोटका प्रमुख कृष्ण भण्डारीको नेतृत्वमा पैदल गस्ती गर्ने क्रममा आइतवार बिदुर नपा. ९ सिलट्याङ्किमा नामथर, वतन नखुलेका १२ वर्षिय वालक अलपत्र अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको सनाखतका लागि प्रहरीले सवै निकायमा अनुरोध गरेको छ ।

बोल्न नसक्ने ति बालकलाई अलपत्र अबस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा ल्याईएकोमा उनका अभिभावकहरु सम्पर्कमा नआएकोले बालकलाई बिदुर नगरपालिकाद्वारा विदुरमा सञ्चालित सेफ हाउसामा सुरक्षित रुपमा राखिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।
लामाले वालकको आफन्तजन, छरछिमेकी वा अभिभावकहरुले चिनेजानेमा नजिकैको प्रहरी कार्यालयमा, समवन्धित निकाय वा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क गर्न अनुरोध गरेका छन् । वर्खाको समयमा आफ्ना वालवालिकाहरुलाई उचित रेखदेख गर्नसमेत आमसर्वसाधारणमा प्रहरीले आग्रह गरेको छ ।


सर्वाधिक रुचाइएको