आगजनी भएकै भवनमा कांग्रेसको वैठक
बिदुर– जेनजी आन्दोलनका क्रममा देशमा राजनीतिक परिवर्तन भएको छ । देशमा नयां प्रधानमन्त्रि वनेर मन्त्रिमण्डल विस्तार हुने क्रममा रहेको छ ।
नवनियुक्त प्रधानमन्त्रि सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विघटन गरेको प्रतिनिधि सभाको मुख्य दल कांग्रेस नुवाकोटले विदुरस्थित आगजनी भएकै भवनमा वैठक गरेको छ । कांग्रेसले हतोत्साही नहुन पनि नेता, कार्यकर्ताहरुलाई आव्हान गरेको छ ।

कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतको अध्यक्षतामा आगजनी भएको भवनमा शनिवार दिउंसो पार्टीको जिल्ला कार्यसमितिको वैठक वसेको हो । वैठकले पार्टी कार्यालय सरसफाई तथा पुर्ननिर्माणको विषयमा अन्र्तक्रिया गरेको सचिव श्रीराम श्रेष्ठको भनाई छ ।
वैठकले पार्टीको भवन सरसफाई, मर्मत, पुर्ननिर्माण, विगतको समिक्षा गरेको सहभागी एक जिल्ला सदस्यले वताए । कांगे्रस नेता, कार्यकर्ताहरुले क्षतिग्रस्त पाटृि कार्यालयको सरसफाईसमेत गरेका छन् ।

जेनजिले गरेको आन्दोलनका क्रममा यही भदौ २४ गते गरेको आन्दोलन उग्र बनेपछि नुवाकोटमा विभिन्न राजतीतिक दलका पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै नेताको घरमा समेत क्षति पुगेको थियो । विदुरस्थित कांग्रेस नुवाकोटको पार्टी कार्यालय, एमालेको पार्टी कार्यालय, पुर्वमन्त्रि तथा कांग्रेसका नेता अर्जुननरसिंह केसीको विदुरस्थित घर, माओवादी केन्द्रको पार्टी कार्यालयको सामान र रास्वपाको कार्यालयको टेवल कुर्सी लगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आक्रमण र आगजानीले निकै क्षति पु¥याएको थियो ।

कांग्रेस नुवाकोटले युवाहरूको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको बल प्रयोग, ज्यादती, दमन र व्यापक धरपकडको निन्दा गर्दै दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । साथै, आन्दोलनका क्रममा देखिएको आक्रोश, आस्था र असन्तुष्टिलाई बेवास्ता नगरी गम्भीरतापूर्वक सम्बोधन गर्न राजनीतिक दलहरूलाई सचेत गराइएको छ ।

जेनजी पुस्ताको जायज माग र शान्तिपूर्ण बिरोध प्रदर्शनमा अराजक घुसपैठ भएर सार्वजनिक सम्पत्ति, पार्टी कार्यालय, व्यक्तिको घरमा आक्रमण भएको पनि कांग्रेस सचिव श्रीराम श्रेष्ठको भनाई छ । उनका अनुसार जेनजी युवाहरूले व्यक्त गरेको भावना र सबै पक्षको आवाजलाई राज्य संयन्त्र तथा नेतृत्वले ध्यानपूर्वक लिनु आवश्यक रहेको छ ।












































