कल्पतरु पुुरस्कार तथा सम्मान घोषणा
बिदुर – कल्पतरु प्रज्ञा प्रतिष्ठान मार्फत प्रकाशन हुँदै आएको कल्पतरु द्वैमासिकको २५ औं वर्ष प्रवेशको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको पुरस्कार एवं सम्मान घोषणा गरिएको छ । जस अनुसार कल्पतरु पत्रिकामा वर्षभरी प्रकाशित भएका सिर्जनाहरूको समीक्षा गराई समीक्षकको सिफारिस मध्येबाट प्रदानगरिने कल्पतरु वर्ष सर्वोत्कृष्ट पुरस्कार कल्पतरुको अंक ११८ मा प्रकाशित “प्रतिमा“ कथाको लागि वरिष्ठ साहित्यकार बाजुराम पौडेललाई १० हजार रुपैयासहित सम्मान गरिने भएको छ ।

कल्पतरु बाल साहित्य प्रोत्साहन पुरस्कार २०८२ युगलनारायण पन्त कक्षा ८– लड्सर्् लाइट एकेडेमी गोकर्णेश्वर–६ लाई कल्पतरु अंक ११८ मा प्रकाशित कविताको लागि . एकहजार रुपैया सहित सम्मान गरिने छ । परदेशमा रही नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएबापत साहित्यकारलाई गरिने सम्मान खेमराज पोखरेल (हालः टेक्सास, अमेरिका) लाई प्रदान गरिने भएको छ ।

त्यसका अतिरिक्त कल्पतरु नारी साहित्यकार सम्मान २०८२/०८३ सीता पाण्डेयंलाई प्रदान गरिने भएको छ । कल्पतरु सम्पादन मण्डल, संरक्षक, सल्लाहकार र सहयोगीहरूको संयुक्त बैठकले यी पुरस्कारहरू घोषणा गरेको हो । पुरस्कार तथा सम्मानको कार्यक्रम छिट्टै सार्वजनिक गरिने कल्पतरु द्वैमासिकका प्रधान सम्पादक नवराज पुडासैनी ‘ज्योत्सना’ ले जानकारी दिए ।

यसैवीच, होमनाथ उपाध्याय र खेचकुमारी अर्यालको स्मृतिमा गत २०७० सालमा गोकर्णेश्वर–६ स्थित चामुण्डा माविमा स्थापना गरिएको होमनाथ तथा खेचकुमारी अर्याल अक्षयकोषमार्फत छात्रवृत्ति प्रदान गरिएको छ । कक्षा १२ मा अध्ययनरत काभ्रेका छात्र सुरत मैनालीलाई यस वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । उक्त छात्रवृत्ति प्रदान कार्यक्रममा नेपाल सरकारका निवर्तमान मुख्य सचिव सुमनराज अर्याल, विद्यालयका प्राचार्य गुणराम आचार्य, गोकर्णेश्वर नगरपालिका ६ का वडाध्यक्ष नवराज लामा, विद्यालयका निवर्तमान अध्यक्ष दीपकसिंह भण्डारीसहितको सहभागिता रहेको थियो ।











































