चर्चा कमाएको ‘चमेलीको पोई’ को प्रदर्शन मितिमा परिवर्तन

– दर्शक अनुकुल समयमा प्रदर्शन गरिने
लोकखवर मनोरन्जन संवाददाता
२०८२ फाल्गुन १३, बुधबार २३:४१

बिदुर– वहुप्रतिक्षित र चर्चित नयाँ नेपाली चलचित्र ‘चमेलीको पोइ’ को प्रदर्शन मिति स्थगित भएको छ । देशको समसामयिक अवस्थाका कारण निर्माण पक्षले पूर्व घोषित प्रदर्शन मितिमा परिवर्तन हुने जनाएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित ‘चमेलीको पोइ’ रामनवमी अर्थात आगामी चैत १३ गते दर्शकमाझ ल्याइने मिति तय भइसकेको भए पनि निर्वाचनलगायतका कारणले प्रदर्शन मिति सरेको निर्माण पक्षले जनाएको छ ।

देशको राजनीतिक स्थिति तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरि उक्त निर्णय गरिएको निर्माण पक्षद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण गरिएको ‘चमेलीको पोइ’ को चर्चा चुलिरहेके वेला पैदर्शन मिति सरेको र नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने निर्माण पक्षले जनाएको छ । सो चलचित्रका निर्माता रामनारायण उपाध्यायले निर्देशक बोहराको समूहले निकै मेहनतका साथ सवै परिस्थिथितिको आंकलन गरेर समयमै चलचित्र निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गर्दै नयां प्रदर्शन मिति छिट्टै तय गरिने जनाएका छन् ।

हाम्रो लागि हामीले बनाएको हाम्रो चलचित्र ‘चमेलीको पोई’ महत्वपूर्ण छ । हामीहरु इसलाई दर्शकहरुसम्म लैजान आतुर पनि छौ । तर, देश भन्दा माथि कोही छैन, केही छैन, देश चुनावमा होमिएको छ, अहिले देशको बर्तमान परिस्थिति र राजनीतिक माहोललाई मध्यनजर गर्दै हामीले चलचित्र प्रदर्शनलाई केही पछाडि सार्ने र दर्शकको अनुकुल परिस्थितिको प्रतिक्षा गर्ने निर्णय गरेका छौं ।

‘चमेलीको पोई’ को केही समयअघि सार्वजनिक फस्र्टलुक पोस्टरबाट चर्चा पाएको चलचित्र प्रदर्शनका लागि आफुहरु शान्तिपूर्ण माहौलको पर्खाइमा रहेको निर्देशक एभरेष्ट सुर्य बोहराको भनाई छ । निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा र शेरबहादुर तामाङको छायांकन रहेको सो चलचित्रको निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय रहेका छन् ।

उदयविक्रम राणा, रितु मल्लठकुरी तथा कपिल आचार्य कार्यकारी निर्माता रहेको सो चलचित्रको सह–निर्मातामा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली तथा सुदीप कुँवर हुन् । यसैमार्फत लामो समयपछि चर्चिच हास्य कलाकार नारायण त्रिपाठी कमव्याक भएका छन् ।

उनीसंगै सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मीना आरएलशाही, रितु मल्लठकुरीलगायतले यसमा अभिनय गरेका छन् । यस चलचित्र आरआर फिल्मसले वितरण गर्ने निर्माण पक्षले जनाएको छ ।


सर्वाधिक रुचाइएको