ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
बिदुर – नुवाकोटको देवीघाटमा रहेको एक आश्रमलाई तीर्थयात्रीहरुले आर्थिक सहयोग गरेका छन् । यसवाट वृद्धाश्रमका लागि सरलता थपिएको छ । बिदुर नगरपालिका ५ स्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा पुगेर मानसरोवरको यात्रामा रहेका तीर्थयात्रीहरुले नगद सहयोग गरेका हुन् ।

मानसरोवरको तीर्थयात्राको क्रममा वृद्धाश्रम पुगेर भारतीय मूलका हाल बेलायती नागरिकहरुले नगद दुईलाख ५९ हजानर दुई सय २३ रुपैया सहयोग गरेका हुन् ।उनीहरुले उक्त रकम प्रतिष्ठानमा पुगेर कार्यक्रमकावीच हस्तान्तरण गरे । यसअघि पनि भवन निर्माणको क्रममा बिदुर नपा ५ पिपलटारका युवा बद्री गजुरेलको सक्रियतामा बेलायती नागरिकलाई उक्त वृद्धाश्रममा ल्याएर सहयोग जुटाएको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए ।

मानसरोवरको यात्रामा रहेका वेलायाती तीर्थयात्रीहरुले प्रतिष्ठानमा रहेका वृद्ध बा आमाहरुलाई अन्य सहयोगसमेत गर्ने प्रतिवद्धता जनाएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाल, कोषाध्यक्ष बिन्दादेवी अर्याल, वरिष्ठ सदस्य शिवप्रसाद गजुरेललगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।















































