चलचित्रकर्मीलाई पौडीकला प्रशिक्षण
बिदुर – नेपाली चलचित्र क्षेत्रको प्राविधिक विकास, संस्थागत क्षमता अभिवृद्धि तथा चलचित्रकर्मीहरूको शारीरिक दक्षता बढाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले चलचित्रकर्मीहरुलाई सीपमुलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसवाट चलचित्रमा आवस्यक दृश्य छायांकनमा सहजता आउने जनाइएको छ । चलचित्र विकास वार्डको आयोजनामा प्राविधिक क्षमता वृद्धिमा जोड दिदै चलचित्रको दृश्य तथा कलाकारहरूको शारीरिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले पौडी कला (स्विमिङ) तालिम कार्यक्रम सन्चालन भएको छ ।

चलचित्रमा विभिन्न पात्रहरूको भूमिका निर्वाह गर्ने क्रममा पौडिनु पर्ने, डुबेको अभिनय गर्नुपर्ने जस्ता दृश्यहरू आउने हुँदा कलाकारहरू स्वयं दक्ष नहुँदा डमी कलाकार प्रयोग गर्नुपर्ने वा कतिपय दृश्य हटाउनुपर्ने अवस्था सिर्जना हुने बाध्यता अन्त्य गर्दै कलाकारहरूलाई आवश्यक शारीरिक दक्षतासहित यथार्थपरक अभिनय गर्न सक्षम बनाउन उक्त तालिम प्रदान गरिएको बोर्डले जनाएको छ । चलचित्र विकास बोर्डले आगामी दिनहरूमा पनि चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी गरेको छ ।

चलचित्रकर्मीहरुको प्राविधिक सीप, संस्थागत दक्षता र शारीरिक क्षमतालाई एकैसाथ सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएका यी कार्यक्रमहरूले नेपाली चलचित्र उद्योगलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाइ छ । यसैवीच, चलचित्र विकास वोर्डले सन्चालन गरेको चलचित्र संग्रहालयका लागि कलाकार तथा निर्देशक रवि डंगोल ‘का वेइमान’ ले आफ्ना चलचित्रका सामग्रीहरु प्रदान गरेका छन् । डंगोलले वोर्डका अध्यक्ष डिसीलाई पोष्टरलगामयतका सामग्रीहरु हस्तानतरण गरे ।

डंगोलद्वारा २०७४ सालमा निर्देशित नेपाली कथानक चलचित्र “फिर्के“ को स्क्रिफ्ट र आदिबासी, जनजाति अन्तर्गत नेपाल भाषाका चलचित्रहरु “याँ मिखा“(२०५९), “कुलङ्गार“(२०६४), “व मिसा“(२०६६) का पोस्टरहरु नेपाली चलचित्र संग्रहालयका लागि हस्तानतरण गरेका हुन् । उनले ति सामग्रीहरु सोमवार चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीलाई हस्तान्तरण गरेका हुन् ।


















































