सामाजिक कार्यका लागि सहयोग
– भाडावर्तनहरु हस्तान्तरण
बिदुर- सामाजिक कार्यका लागि नुवाकोटको दुप्चेश्वरमा विभिन्न सामग्रीहरु सहयोग प्रदान गरिएको छ । गाउंका लागि विभिन्न सात प्रकारका भाडावर्तनहरु उपलवध गराइएको छ ।

दुप्चेश्वर गाउँपालिका १ स्थित बोलुङमा सामूहिक कामका लागि आवश्यक भाडावर्तनलगायत सामग्रीहरू मंगलवार सहयोगी युवा सामाजिक अगुवा सुशीलकुमार खड्काले हस्तान्तरण गरे । उनले सामाजिक सेवालाई आफुले प्राथमिकता राखी सेवा गरिरहेको र यसलाई निरन्तरता दिनेसमेत बताए ।

खड्काले हस्तान्तरण गरेका सामग्रीहरुमा थाल तीनसय थान, कचौरा तीनसय थान, ठुलो डेक्ची २ थान, डाडु–पन्यु ९ थान, ठुलो बाटा ६ थान, खाना राख्ने सेट ठुलो ३ थान, चम्चा पांचसय थान दुप्चेश्वरको वोलुङ पुगेर हस्तान्तरण गरेका हुन् ।











































