४३ औं प्रधानमन्त्रि वालेन्द्र शाह

– १५ सदस्यीय मन्त्रिमण्डल गठन, एकैपटक सपथ तथा पदभार ग्रहण
लोकखवर राजनीतिक व्युरो
२०८२ चैत्र १४, शनिबार ०२:३०

बिदुर – देशको ४३औँ प्रधानमन्त्रीमा वालेन्द्र शाह (बालेन)ले शपथ लिएका छन् । रास्वपाका वरिष्ठ नेता शाहलाई सितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजनसमेत भएको छ ।

सवै मन्त्रिहरुले एकैपटक सपथ र पदभारसमेत ग्रहण गरेका छन् । मन्त्री तथा सचिवलाई काममा तीव्रता दिन आग्रह गर्दै प्रधानमन्त्री शाहले जनताको हितमा काम गर्न निर्देशन दिएका छन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा मन्त्री तथा सचिवहरूलाई निर्देशन दिदै प्रभावकारी सेवा सन्चालन, सुशासन र छिटो परिणाम दिने काममा जोड दिएका हुन् ।

यसअघि, प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति निवास शीतलनिवासमा उनले मध्याह्न १२ वजेर ३४ मिनेटको शुभसाइतमा स्वस्तिवाचनसहित शपथ लिएका हुन् । सातवटा शंखबाट शंखनाद गर्दै शपथ ग्रहण समारोह अघि बढेको थियो भने १०८ जना बटुकहरुद्वारा स्वस्तिबाचन गरिएको थियो । स्वस्ति बाचनलगत्तै १०८ जना भीक्षुहरुले मंगल पाठ गरेका थिए । प्रम शाहले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन् ।

सरकारले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको शुक्रवार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।

साथै बैठकले शासकीय सुधारका लागि एकसय वटा कार्य स्वीकृत गर्ने र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

सो अवसरमा डा स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका छन् । सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री, डा विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, प्रतिभा रावल सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, गीता चौधरी कृषि तथा पशुपक्षी एवं वन तथा वातावारणमन्त्री, डा दीपक साह श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नियुक्र भई शपथ लिएर मन्त्रालयमा कार्यभारसमेत गरिसकेका छन् ।

यसैगरी, रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी भने हाल प्रधानमन्त्री शाहले आफैँ सम्हालेका छन् । राष्ट्रपति पौडेलले शुक्रवार बिहान शाहलाई नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।

समारोहमा पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ठ श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, यहाँस्थित विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए । मन्त्रिमण्डलमा प्रधानमन्त्री शाहपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । यस्तै त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहेका छन् ।

सबैभन्दा पछाडिको वरीयता महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको रहेको छ । बालेन नेतृत्वको मन्त्रिपरिषद्मा रहेका १४ जना मन्त्रीहरुले सिंहदरबारस्थित मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् ।

शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रम बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन् । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको प्रम बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गर्ने सिफारिस बमोजिम गर्ने उनको भनाई छ । अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने उनले बताए । महान्यायाधिवक्ता सविता भण्डारीले दिएको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनपछि गत भदौ २७ गते गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सूर्यादय टोल फर्किएकी छन् । निर्वाचनपछि शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री जिम्मेवारी सम्हाले पछि उनी बिदाइ भएकी हुन् । यसअघि कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।

यसैवीच, बालेनलाई भारतले बधाई दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई बधाई दिएका हुन् । मोदीले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै शाहलाई न्यानो बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

यस्तै विभिन्न क्षेत्रबाट पनि उनलाई बधाई आइरहेको छ । सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ । नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता बनाइएको हो ।

सरकारका गतिविधि र निर्णयहरुको उनले जानकारी दिनेछन् । यसैवीच, बालेनको नयां गीतको चर्चा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ¥याप गीत ‘जय महाकाली’ ले सार्वजनिक भएको २४ घण्टामा ३६ लाख भ्युज पाएको हो ।

बिहीबार साँझ सार्वजनिक भएको यो गीतले २४ घण्टामा ३६ लाख भन्दा बढी भ्युज पाउन सफल भएको हो । प्रम वालेन्द्र शाह गायक तथा इन्जिनियर हुन् ।


सर्वाधिक रुचाइएको