ग्रामीण भेगमा बिशेषज्ञ स्वास्थ्य शिविर

– चारसय जनाको स्वास्थय परिक्षण, किम्ताङमा पोषण अभियान
लोकखवर स्वास्थ्य संवाददाता
२०८२ चैत्र २९, आईतवार २२:५३

बिदुर – नुवाकोटको ग्रामीण भेग किम्ताङमा सर्वसाधारणको स्वास्थ्य उपचार सेवाका लागि विशेषज्ञ स्वास्थ्य उपचार शिविर गरिएको छ । शिविरमा नुवाकोट र छिमेकी धादिङका सर्वसाधारणले स्वास्थ्य उपचार सेवा लिदएका थिए । म्यागङ गाउंपालिका किम्ताङमा सन्चालन गरिएकोे निःशुल्क विशेषज्ञ शिविरमा चारसय जनाले स्वास्थ्य परिक्षण गरि आवस्यक औषधि निःशुल्क प्राप्त गरेका छन् ।

विशेषज्ञसहित १० जना जना चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीले विरामीहरुको स्वास्थ्य परिक्षणसहित उपचार सेवा प्रदान गरिएको थियो । जनस्वास्थ्य कार्यालय, त्रिशूली अस्पताल ,आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट आयोजना तथा म्यागङ गापाको समन्वयमा म्यागङ ४ किम्ताङमा उक्त वृहत स्वास्थ्य उपचार शिविर गरिएको हो ।शिविरमा नुवाकोटका साथै छिमेकी धादिङकासमेत गरी तीनसय ९३ जना सर्वसाधारण, बिरामीहरुहरुले सेवा लिएको आयोजक जनस्वास्थ्य कार्यालयकी प्रमुख डा. अन्जु कार्कीले जानकारी दिइन् । उनका अनुसार शिविरमा तीनसय आठ जना महिला, ८५ जना पुरुष र एकसय ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको हो ।

शिविरमा बिरामीको रक्तचाप, सुगर, तौल, बिएमआई, पिसाब परिक्षणका साथै नसर्ने रोगहरुको स्क्रिनिङ र बालबालिकाहरुको वृद्धि परिक्षण अनुगमन समेत गरिएको डा. कार्कीले वताइन् । शिविरमा विरमी तथा सर्वसाधारणलाई हाडजोर्नी तथा नशा सम्बन्धि, स्त्रीरोग, जनरल सर्जरी, दन्तरोग, बाल स्वास्थ्य, मानसिक स्वास्थ्य, आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा, स्वास्थ्य प्रवर्धन तथा पोषण परामर्श सेवासमेत प्रदान गरिएको थियो । शिविरमा आएकाहरुको स्वास्थ्य परिक्षणका क्रममा ३० जनामा उच्च रक्तचाप र २३ जनामा मधुमेह देखिएको छ ।

शिविरमा अधिकांश महिला तथा वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण गरिएको हो । नुवाकोटको किम्ताङमै एकिकृत जनस्वास्थ्य र पोषण अभियान सन्चालन गरिएको छ । म्यागङ् गाउँपालिका –४ को किम्ताङ स्वास्थ्य चौकीमा उक्त अभियान गरिएको हो ।

कार्यक्रममा सर्वसाधारण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, जनप्रतिनिधिलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य प्रवद्र्धन र पोषण सम्बन्धि विभिन्न विषय तथा शिविरमा प्रदान गरिने सेवाहरुको सम्बन्धमा जानकारी प्रदान गरिएको थियो ।


सर्वाधिक रुचाइएको