तादीखोलामा डुवेर युवकको मृत्यु
बिदुर – पौडी खेल्ने क्रममा डुवेर नुवाकोटको तादी खोलामा शनिवार एक युवकको ज्यान गएको छ । वेलकोटगढी नगरपालिका १० तादीपुल नजिकै पौडी खेल्ने क्रममा ति युवकको डुवेर ज्यान गएको नुवाकोट प्रहरीले जनाएको छ ।

पासाङल्हामु मार्गको काठमाडौ–त्रिशूली सडकखण्डको वीचमा रहेको तादीखोलास्थित पुलको मुनी साथीहरुसहित पांच जना शनिवार दिउंसो पौडी खेल्ने क्रममा दुप्चेश्वर गाउँपालिका ६ करेजुङका १८ वर्षिय सुनबहादुर तामाङलाई खोलाले वगाई वेपत्ता वनाएकोमा खोजतलासको क्रममा उनको शव आधा घण्टापछि मृत फ्ला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएसपि लामाको भनाई छ ।

मृतक युवक पासाङल्हामु सडकमार्ग पुर्ननिर्माणको क्रममा मजदुरका रुपमा खटिएका थिए । उनी साथीहरुसंग तादी खोलामा पौडी खेल्न गएका वेला उनी खोलामा डुवेका थिए ।













































