एकैपटक पांचसय वढि शैन्य भए सिपाही
बिदुर – नुवाकोटको शैन्य तालिम केन्द्रमा एकैपटक पांचसय वढि शैन्यहरु सिपाही भएका छन् । पुरुष र महिलातर्फ उत्कृष्टलाई पुरस्कृत गरिएको छ । सैन्य तालीम केन्द्र, मैथली ब्यारेक नुवाकोटमा सिसं ८३ को ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसगै पाचसय २८ जना सैन्य सिपाहीमा उत्तिर्ण भएका हुन् । सैन्यबाट सिपाही भएकालाई दज्र्यानी चिन्हसमेत प्रदान गरिएको छ ।

तालिममा सहभागी ५ सय २८ जनामा सैद्धान्तिक तथा ब्यबहारिक दुवै बिद्यामा उत्कृष्ट सिपाही पुरुषतर्फ प्रविण खड्का पुरस्कृत भए । यस्तै, तालिममा सहभागी महिलाहरु मध्ये ममता नेपाली उत्कृष्ट पुरस्कृत भइन् । उत्कृष्ट महिलातर्फ ममता नेपाली र पुरुषतर्फ प्रविण खड्कालाई बलाधिकृत रथी प्रदीपजंग केसीले ‘गोर्खाली खुकुरी’ र प्रशंसापत्रले सम्मानित गरे । सोही अवसरमा उनले ‘सैन्य आधारशिला अंक–२९’ को बिमोचनसमेत गरे ।

तालिमको बलाधिकृत रथी प्रदीपजंग केसीले विशेष कार्यक्रमका बीच अन्तिम दलेल कवाज निरीक्षण गरे । उनले जनता, सैनिक संगठन र राष्ट्रको रक्षाको लागी जिम्मेवारी बहन गर्न पदोन्नती भएका सिपाहीहरुलाई निर्देशन दिए । रथी केसीले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, जनताको सुरक्षाको लागी सेनाको कर्तव्य महत्वपुर्ण रहेकोसमेत सिपाहीहरुलाई सुनाए ।

उनले नेपाली सेनाको गौरवमय इतिहास रहेकाले त्यसलाई संरक्षण गर्न दिएको जिम्मेवारी सेनाको मूल्य र मान्यता भित्र रहेर इमान्दारपूर्वक बहन गर्न दीक्षित सिपाहीलाई स्मरण गराए । उनले सिपाहीहरुलाई सेनाको मुख्य दायित्वको रुपमा विपत् व्यवस्थापन, विकास निर्माणमा सहयोग, प्राकृतिक श्रोतको संरक्षण, ऐतिहासिक सम्पदाको सुरक्षा, स्थानीय प्रशासनलाई सहयोगसहित विश्वमा शान्ति स्थापनार्थ गर्दैै आएको सेवामा विश्वसनीय रुपमा बनाएको छवी कायम राख्ने जिम्मेवारी पूरा गर्नका लागी आवस्यक निर्देशनसमेत दिए । नेपाली सेनाले सन्चालन गरेको नौ महिने आधारभूत तालीम पूरा गरेका पाचसय २८ जना सैन्यहरु सिपाहीको रुपमा कार्यक्षेत्रमा खटिन तयार भएको श्री नं १ सैन्य तालिम केन्द्र नुवाकोटले जनाएको छ ।

















































