बाढी पीडित विद्यार्थीहरुलाई झोला

– बिद्यार्थीहरु अध्ययनमा उत्साहित
लोकखवर शिक्षा संवाददाता
२०८३ कार्तिक १४, शुक्रबार २२:३७

बिदुर – प्रलयकारी बाढीका कारण प्रभावित विद्यार्थीहरुलाई नुवाकोटको बट्टारमा झोला तथा सरसफाइका सामग्रीहरु प्रदान गरिएको छ । बिदुर नगरपालिका १ संगमचोक बट्टारस्थित एक विद्यालयमा अध्ययनरत बाढी पीडित विद्यार्थीहरुलाई राहत स्वरुप विद्यालय झोला र सरसफाइका सामग्रीहरु प्रदान गरिएको हो ।

स्थानीय सुभेनियर बोर्डिङ स्कुलमा अध्ययनरत ९३ जना बाढी पीडित परिवारका छोराछोरीहरुलाई विद्यालय झोला र सरसफाई सामान प्रदान गरिएको हो । शिक्षाप्रेमी ज्ञानेन्द्र घलेको सहजीकरणमा रामकुमार ल्होतामाङ र हरिचन्द्र तामाङले बितरण गरि सहयोग गरेका हुन् ।


सर्वाधिक रुचाइएको