बिदुरमा बाढी पीडितलाई आवास निर्माणको तयारीे
बिदुर – ल्हेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटका चार वटा स्थानीय तह प्रभावित पारेको छ । बाढीले नुवाकोटको बिदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकामा ठुलो जनधनको क्षति गरेको छ । बाढीले ति स्थानीय तहका २८ सय वढि घरधुरी ध्वस्त पारेको छ । बाढीका कारण नुवाकोटको चार स्थानीय तहभित्रका दुईहजार आठसय ३१ घर ध्वस्प पारेको छ ।

बढीले सवैभन्दा वढि क्षति बिदुर नपामा गरेको छ । बाढीले बिदुर नपाभित्र रहेका दुईहजार पांचसय ५४ वटा घरमा क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बढीले बेलकोटगढी नपामा बाढीले एकसय ९५, तारकेश्वर गापामा ४८ र किस्पाङ गापामा ३४ घरमा क्षति पु¥याएको छ । बाढीका कारण नुवाकोटमा दुईहजार सातसय २३ जना अझै वेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ । प्रलयकारी बाढी गएको दुई महिना वितिसक्दासमेत नुवाकोटमा उचित रुपमा पुर्नवासको कार्य हुन नसकेको पीडितहरुले वताएका छन् ।

उनीहरुले सरकारको ध्यानाकर्षैण गराउन सरोकारसमिति नै गठन गरेका छन् । बाढी पीडितहरुको पुर्नवासका लागि नुवाकोटको बिदुर नगरपालिकाले सक्रियता देखाएको छ । बिदुर नपाले बाढी पीडितहरुलाई स्थायी आवास निर्माणको प्क्रिया थालनाी गरेको छ । बिदुर नपाका अनुसार संघीय सरकारबाट बाढी प्रभावितको लाभग्राही पहिचानसमेत हुन नसकेको अवस्थामा विदुर नपाले भने आफ्नै तर्फबाट लाभग्राही पहिचान गरी प्रभावित परिवारलाई सुरक्षित र स्थायी आवास उपलब्ध गराउने प्रक्रिया अघि बढाएको हो ।

बिनासकारी बाढीबाट प्रभावित भई घरबास गुमाएका परिवारका लागि सामाजिक संस्थासँगको सहकार्यमा नयाँ तथा सुरक्षित स्थायी आवास निर्माण गरिदिने प्रक्रिया थालनी गरिएको बिदुर नपाका मेयर राजन श्रेष्ठले वताए । उनका अनुसार आवास निर्माणका लागि नगरपालिकाले शुक्रवार विशेष सूचना जारी गरी इच्छुक तथा योग्य प्रभावित परिवारसँग निवेदन माग गरिएको हो ।लाभग्राही हुन योग्य प्रभावित परिवारलाई तोकिएका आवश्यक कागजातसहित बिदुर नपा कार्यालय बिदुरमा सम्पर्क गर्न आग्रह गरिएको छ । बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणको काममा ढिलाइ भइरहेको अवस्थामा विदुर नपाले लाभग्राही पहिचान गरी स्थायी आवास निर्माणको प्रक्रिया अघि बढाउनु सह्रानीय कार्यका रूपमा हेरिएको बाढी पीडितहरुको भनाई छ ।

यस कार्यले घरबास गुमाएका परिवारमा नयाँ आशा र सुरक्षित भविष्यको भरोसा जगाएको बिदुर नपाकी उपमेयर प्रभा वोगटीको भनाई छ । बाढीले बिदुर नपाको त्रिशूली, ढुंगे, वेत्रावति, देवीघाट, फिर्केप, सिमचौर, सिन्चाई, वुहुनीवेशीलगायतका क्षेत्र प्रभावित गरेको छ । जाडोयामको सुरुवातसंगै बाढी पीडितहरुको अस्थायी आवासका लागि नेपाल रेडक्रस सोसाइटीले विदुर नगरपालिकाका बाढी प्रभावित परिवारलाई भाडामा आवास उपलब्ध गराउन सहयोग गर्ने उद्देश्यले भाडाको आवास पहिचान कार्यक्रम सन्चालन गरिरहेको छ । स्वंसेवकहरुमार्फतट घर÷घरमा पुगेर तथ्यांक संकलन गर्दै घर बजार लेखाजोखा सञ्चालन गरिरहेको छ ।

यस कार्यक्रममार्फत भाडाका घरको पहिचान, उपलब्धता, भाडादर, आवासको अवस्था तथा आधारभूत सेवामा पहुँचको अवस्थाबारे जानकारी सङ्कलन भइरहेको रेडक्रस नुवाकोटकका सभापति हरि श्रेष्ठको भनाई छ । उनका अनुसार बाढीका कारण विस्थापित परिवारको आवास आवश्यकताले भाडा बजारमा माग र आपूर्तिमा पारेको प्रभाव तथा भाडामा आवास प्राप्त गर्न देखिएका चुनौतीहरूकोसमेत तथ्यांक संकलन गरिएको छ । यसले विस्थापित परिवारलाई सुरक्षित आवासको पहुँचमा सहयोग पु¥याउने लक्ष्य राखेको छ । साथै, लेखाजोखाले घरधनी तथा भाडामा बस्ने परिवारबीचको सम्बन्ध, भाडा सम्झौताको अभ्यास र सम्भावित जोखिमहरू पहिचान गर्न पनि सहयोग पु¥याउन सभापति श्रेष्ठले वताए ।

उक्त लेखाजोखा कार्यक्रमबाट प्राप्त निष्कर्षका आधारमा स्थानीय सरकार तथा मानवीय सहायता क्षेत्रमा कार्यरत निकायहरूलाई बाढी प्रभावित परिवारका लागि भाडा सहायता कार्यक्रमको प्रभावकारी योजना तथा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाढी प्रभावित परिवारका लागि भाडा सहायता कार्यक्रमको प्रभावकारी योजना निर्माण तथा कार्यान्वयन गरिनुका साथै विस्थापित परिवारलाई सुरक्षित आवासको पहुँचमा सहयोग पु¥याउने लक्ष्य राखेको छ ।












































