मोवाइल व्यवसायी जुटे

– श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति
लोकखबर
२०८३ बैशाख २७, आईतवार २३:२८

बिदुर – नुवाकोटका मोबाइल ब्यवसायीहरु संगठित भएका छन् । अधिवेसनले नयां कार्यसमिति चयन गरेको छ । विभिन्न कम्पनीका मोबाइल विक्रेताहरुको संस्था नुवाकोट मोबाइल व्यवसाय संघ पहिलो अधिबेशनबाट बट्टार वजारका ब्यवसायी सरोज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा लोकेश प्रधान, सचिवमा सुरेश अर्याल, सहसचिवमा कुमार डंगोल र कोषाध्यक्षमा विकास न्यौपाने चयन भएका छन् ।

सदस्यहरुमा समिर भुजेल, विरिलाल महतो, शंकर पाठक, रिनेशकुमार श्रेष्ठ, मुन्ना गिरी, सुवास श्रेष्ठ, सकिल खान, मिलन क्षेत्री, दिनेश घिमिरे, राजेन्द्र श्रेष्ठ, अनिष ढकाल, प्रभात ग्लान चयन भएका छन् । संघले मोवाईल विक्रिवितरण र मर्मतमा एकरुपता ल्याउँदै उपभोक्तालाई गुणस्तरिय र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उद्धेश्य राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यसअघि, अबिधेशनको उद्घाटन नेपाल मोबाईल ब्यवसायी महासंघका केन्द्रीय सदस्य बद्री कुवरले गरेका हुन् ।

अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल मोबाइल ब्यबसायी महासंघ बागमती प्रदेश सदस्य रजित अर्याल, नुवाकोट उद्या्ग बाणिज्य संघका द्वितिय उपाध्यक्ष सबिन राजभण्डारीलगायतले ब्यवसायीहरुको हकहितका लागि संगठित हुनु सकारात्मक रहेको धारणा राखेका थिए । नुवाकोटका झण्डै एक सयजना मोवाइल ब्यवसायी संघमा आवद्ध रहेका छन् । संघले केन्द्रसँग आवद्धता राख्दै स्थानीय प्रशासनमा दर्ता भएर कार्य गर्ने जनाएको छ ।


सर्वाधिक रुचाइएको