क्रसर व्यवसायीको अधिवेसन

– चित्रकारलाई अध्यक्षको जिम्मा
लोकखबर
२०८३ बैशाख २७, आईतवार २३:३७

बिदुर – नुवाकोट क्रसर उद्योग संघको चौंथो अधिवेसन विदुरमा सम्पन्न भएको छ । अधिवेसनले अध्यक्षमा विष्णुकुमार चित्रकारलाई चयन गरेको छ । संघको चौथो अधिवेशनले चित्रकारको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।

संघको उपाध्यक्षमा आत्मा श्रेष्ठ, सचिवमा संजोग दुराल र कोषाध्यक्षमा प्रकाश कुँवर चयन भएका छन् । सदस्यहरुमा नवराज ढुङ्गाना, रामवावु जिसी र रमेश मिश्र चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै संघको सल्लाहकारमा सुन्दर दुवाल, शिव अधिकारी, कृष्ण अधिकारी, राजाराम अधिकारी र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

यसअघि संघको १२ औ साधारणसभा तथा चौथो अधिवेशनको उद्घाटन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष देवराज लुइटेलले उद्घाटन गरेका हुन् । उनले सरकारले क्रसर उद्योग नवीकरण नगरे बन्द गर्नुपर्ने अवस्था आएको बताए । उनले क्रसर नवीकरण नभए उद्योगको तालाचाबी सरकारलाई बुझाउने चेतावनी समेत दिए ।

नुवाकोट क्रसर उद्योग संघका निवर्तमान अध्यक्ष शिव अधिकारीले क्रसर उद्योगबाट धेरै राजस्व उठ्ने गरे पनि व्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताए । उनले व्यवसायिक हक हितको लागि सबै व्यवसायीहरु एकजुट हुनपर्ने बताए । नुवाकोटमा हाल दुई दर्जनभन्दा बढी क्रसर उद्योग रहेका छन् ।

ति क्रसर उद्योग २०७२ सालदेखि नवीकरण भएका छैनन् । क्रसर उद्योग नविकरण नहुँदा काम गर्न असहज भएको व्यवसायीहरुले गुनासो गरेका छन् । निर्वाचन कमिटीका संयोजक प्रकाशकुमार अधिकारीका अनुसार सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन् । यस अधिवेशनले संघको आगामी कार्यदिशा अझ सुदृढ र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको