शेरा फांटमा सिंचाई

– सातसय मिटर पक्कि कुलो निर्माण
लोकखबर
२०८३ बैशाख ३१, बिहीबार ००:१८

बिदुर– किसानहरुको सुविधाका लागि नुवाकोटको शेराफांटमा सिंचाई योजना निर्माण गरिएको छ । सातसय मिटर लामो पक्कि सिंचाई कुलो निर्माण गरिएको छ । नुवाकोटको नौ कोटमध्ये प्यासकोटले प्रसिद्ध बिदुर नगरपालिका २ शेराफाँटमा पूर्ण रुपले सिचाई गर्नको लागि सिंचाई कुलो निर्माण सम्पन्न भएको वडाध्यक्ष दीपक कायस्थले जानकारी दिए ।

उनका अनुसार उक्त कार्यका लागि प्रदेश सिचाईबाट प्राप्त नौलाख रुपैयावाट खोलामा ड्याम बनाउने र ठेक्का प्रक्रियाद्वारा ७० लाखको बजेटबाट शेराफाँटमा कुलो निर्माण गर्ने कार्य  सम्पन्न भएको छ ।  कुल सातसय मिटर लामो सिंचाई कुलो निर्माण गरिएको छ । यसवाट किसानहरुलाई वाहै्र महिना खेति कार्य गर्न सुविधा पुगेको वडाध्यक्ष कायस्थको भनाई छ ।


सर्वाधिक रुचाइएको