प्रसिद्ध कालभैरव मन्दिर संरक्षण योजना

– जीर्णोद्धार गरिदै
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ ४, सोमबार ०१:४८

बिदुर – नुवाकोटको प्रसिद्ध कालभैरव मन्दिरको संरक्षण योजना सन्चालन गरिएको छ । मन्दिरको जिर्णाेद्धार गरिने भएको छ । धार्मिक तथा ऐतिहासिक नुवाकोटको विदुर नगरपालिका–२ टाकुरोमा अवस्थित ऐतिहासिक धार्मिक एंव साँस्कृतिक सम्पदा, शक्तिशाली कालभैरव मन्दिरको संरक्षण तथा प्रर्बद्धनको कार्य सुरु भएको छ ।

यसका लागी विदुर नपाका मेयर राजन श्रेष्ठसहित जनप्रतिनिधि, स्थानीयबासी, प्राविधिकबाट स्थलगत अवलोकन एंव निरीक्षण गरिएको छ । थप र आवस्यक स्टिमेटपछि केहि दिनमै जिर्णोद्धार सुरु गरिने मेयर श्रेष्ठले वताए ।

उनले शक्तिशाली कालभैरवको स्थानलाई संरक्षणको लागी कुल पाच लाख रुपैयाको लागतमा जीर्ण भएको चौतर्फी पर्खालको पुर्ननिर्माण एंव सुदृढिकरण गरिने छ । यसका लागि निकट भविष्यमा धार्मिक तथा वैद्धिक विधि अन्र्तगत आवश्यक थप संरक्षण कार्यहरुको थालनी गरिने मेयर श्रेष्ठको भनाई छ ।

 


सर्वाधिक रुचाइएको