सुर्यगढी र शिवपुरीको अधिवेसन

– आगामी आवको नीति तथा कार्यक्रम पारित
लोकखवर विशेष संवाददाता
२०८३ असार ७, आईतवार २२:३८

बिदुर – आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्दै नुवाकोटको सुर्यगढी र शिवपुरी गाउँपालिकाको अधिवेसन सम्पन्न भएको छ । दुवै गापाले आआफ्नो कार्यालयमा बजेटसमेत पारित गरेको छ । सुर्यगढी गापाको चोकदेमा १९ औँ गाउँ अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न अधिवेसनले कुल ४३ करोड ७ लाख २० हजार रुपैयाँको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । अधिवेशनमा गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमका आधारमा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल) ले कुल ४३ करोड ७ लाख २० हजार रुपैयाँ बराबरको वार्षिक बजेट पेश गरेकोमा सभामार्फत पारित भएको हो ।

“स्वस्थ, शिक्षित, समृद्ध, पर्यटकीय सूर्यगढी” को परिकल्पनालाई साकार पार्ने उद्देश्यसहित तयार गरिएको नीति तथा कार्यक्रम तथा बजेटमाथि गाउँसभा सदस्यहरूबीच छलफलपछि गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको सुर्यगढी गापाले जनाएको छ । गापाको सभा हलमा सम्पन्न अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागितामा बवेट पारित भएको हो ।

अधिवेशनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार प्रवद्र्धन तथा सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम एवं बजेट अनुमोदन गरेको हो । सुर्यगढी नुवाकोटको पर्यटकिय गापा हो ।

उता, शिवपुरी गाउँपालिकाको गाउँ सभाको १८ औ अधिवेशन सम्पन्न भएको छ । गाउँसभाले गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित गरेको हो । वहुमत गाउँ सभाको सदस्यहरुको सहभागितामा विषयगत समितिहरुको प्रतिवेदनहरुको प्रस्तुति सहित आगामी आव २०८३/०८४ को विनियोजन बजेट विधिवत सर्वसम्मत पारित गरी गाउँसभाको अधिवेशन सम्पन्न भएको हो ।

गाउंसभाले आगामी आवका लागि कुल ६६ करोड ६७ लाख रुपैयाको बजेत पारित गरेको छ । सो वजेट वितेको वर्षको भन्दा ६ करोड रुपैया वढि हो । गाउंसभामा आर्थिक, सामाजिक, सुशासन, पुर्वाधार, वन, वातावरण तथा विपद व्यवस्थापनमा वजेट विनियोजन गरेको हो ।

गाउसभाले उपाध्यक्ष वीरवहादुर तामाङद्वारा प्रस्तुत बजेट, आर्थिक विधेयक, विनियोजन विधेयक २०८३ तथा बार्षिक नीति तथा कार्यक्रका साथै विषयगत समितिहरुले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसमेत पारित गरेको सभाका सचिव तथा शिवपुरीका प्रमुख प्रशासकिय अधिकृत वद्रीनाथ लम्सालले जानकारी दिए ।


सर्वाधिक रुचाइएको