नआत्तिन र सम्हालिन कांग्रेस सभापति थापाको आग्रह
बिदुर – नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले नआत्तिन र हतोत्साही नहुन आग्रह गरेका छन् । चुनावी परिणाम अपेक्षा गरे अनुसार प्रापत नभएपनि यसवाट कांग्रेसकर्मी हतोत्साही हुन नहुने वताए । नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका–२ स्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा शनिवार आयोजित भेलामा उनले देशमा परिवर्तनका लागि योगदान गरेको पार्टी चुनावी परिणाम तलmमाथि हुदैमा आत्तिने प्रवृत्तिको नभएको वताए ।

उनले कार्यकर्ताहरुलाई संगठन निर्माण र जनताको विस्वास आर्जन गर्ने काम गर्न आग्रहसमेत गरेका छन् । उनले सरकारको गतिविधि अप्रजातान्त्रिक रहेको वताउंदै जनमतको नाममा जनतालाई नै अवहेलना हुने कार्य गर्न नहुनेसमेत वताए । सभापति थापाले कांग्रेस जनताको नजरमा जहिले पनि विस्वासिलो रहेकोसमेत वताए ।
उनले नुवाकोटका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट तथा छलफलसमेत गरेका छन् ।

जनता तथा कार्यकर्ताले आफुलाई परेको गुनासो सभापति थापासमक्ष सुनाएका थिए । सभापति थापासंगको भेटघाट र अन्र्तक्रिया कार्यक्रमले पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक विषयमा छलफल तथा कार्यकर्तासँग प्रत्यक्ष अन्र्तक्रिया गरेर विस्वामस आर्जन गर्ने कार्य भएको कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले वताए । उनले कांग्रेसले अव मजवुत रुपमा आफ्नो संगठन निर्माण गर्नेसमेत वताए ।

सोही क्रममा नुवाकोटको कुमरी आएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस नेता तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीसँग ठट्टापूर्ण टिप्पणी गरेका छन् । सभापति थापाले नेपाली कांग्रेसको पार्टी कार्यालय आउने क्रममा गाडीवाट ओर्लिएर आफ्ना काका ससुरा केसीसँग हाँस्दै भने, “नुवाकोटको छोरी राम्रो, तर बाटो नराम्रो ।” थापाको उक्त भनाईपछि कार्यक्रममा उपस्थित कांग्रेसका नेता, कार्यकर्ता तथा उपस्थित सर्वसाधारण गलल्ल हाँसेका थिए ।

थापाले बोलेको उक्त भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सभापति थापाले नुवाकोटकै छोरी जगदीश्वरनरसिंहकी भतिजी अर्थात् काग्रेस नेता, पुर्वमन्त्रि, प्रतिनिधि सभा सदस्य अर्जुननरसि केसीकी सुपुत्री डा. अन्जनासँग डेढ दशक अगाडि विवाह गरेका हुन् । पार्टीका स्थानीय नेता–कार्यकर्तासँग भेटघाट र संगठनात्मक छलफलका लागि नुवाकोट आएका सभापति थापाले समसामयिक अवस्थाका सन्दर्भमा स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट र छलफल गरेका थिए ।

गत फागुन २१ गतेको निर्वाचनमा जगदीश्वरनरसिंह केसी सोही क्षेत्र अर्थात् नुवाकोट २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अचुतम लामिछानेसँग पराजित भएका थिए । कांग्रेस सभापति थापाले नुवाकोट भ्रमणका क्रममा दिएको उक्त भनाईले चर्चा पाएको छ ।

थापाको उक्त भनाइले लामो समयसम्म नुवाकोटमा सडक पूर्वाधारको अपेक्षित विकास हुन नसकेको सन्देश दिन खोजेको चर्चा भएको छ । सभापति थापा काठमाडौंबाट सीतापाइला हुँदै झण्डै ३५ किलोमिटर लामो सडक पार गरेर नुवाकोटको कुमरी पुगेका हुन् । सो सडकको दयनीय तथा रुग्ण अवस्थाले उनको ध्यानाकर्षण गरेपछि उनले उक्त अभिव्यक्ति दिएको कार्यक्रममा उपस्थितहरूको भनाई छ ।

कार्यक्रमस्थलमा गाडीबाट ओर्लिने क्रममा सभापति थापालाई उनका काइँला ससुरा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले स्वागत गरेका थिए । स्वागतकै क्रममा थापाले मुस्कुराउँदै उक्त टिप्पणी गरेका हुन् । जुन अहिले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा चर्चाको विषय वनिरहेको छ ।

सभापति थापाको भनाइलाई केहीले हल्का ठट्टा र व्यंग्यका रूपमा लिएका छन् । कतिपयले केहीले नुवाकोटको सडक पूर्वाधार सुधारको आवश्यकता पुरा नभएको संकेतका रूपमा व्याख्या गरेका छन् । उक्त कार्यक्रममा कांग्रेस सहमहामन्त्रि तथा वागमति प्रदेशका पुर्व मुख्यमन्त्रि वहादुरसिंह लामातामाङ, कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, जिल्ला, पालिका तथा वडास्तरिय नता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको सहभागिता रहेको थियो । उनीहरुले देशमा जनताले परिवर्तनको आभास गर्न नपाएको गुनासो गरेका छन् ।

















































