अशक्तलाई सहायक सामग्री

– मेयर श्रेष्ठले गरे हस्तान्तरण
लोकखबर
२०८३ श्रावण २७, बुधबार ००:२१

बिदुर – अशक्त अवस्थामा रहेका एक जना महिलालाई नुवाकोटको विदुर नगरपालिकाले सहायक सामग्री उपलव्ध गराएको छ । यसवाट उनलाई सहजता भएको छ ।विदुर नगरपालिका १३ निवासी भोजकुमारी मास्कीमगरलाई एक थान ह्विलचेयर बिदुर नपाका मेयर राजन श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

स्पाइनल इन्जुरीका कारण हिँडडुल गर्न कठिनाइ भइरहेको मास्कीमगरको पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर रहनुका साथै आम्दानीको स्थायी स्रोत समेत नभएको अवस्थालाई मध्यनजर गर्दै बिदुर नपाको तर्फबाट ह्विलचेयर उपलब्ध गराइएको हो । ह्विलचेयर हस्तान्तरण गर्दै मेयर श्रेष्ठले आर्थिक तथा सामाजिक रूपमा कमजोर, विपन्न तथा अपाङ्गता भएका नागरिकका आवश्यकता र समस्यालाई सम्बोधन गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व रहेको बताए ।

उनले अशक्त नागरिकको आवश्यकता र अवस्थाका आधारमा बिदुर नपाबाट आवश्यक सहयोग, संरक्षण तथा सहजीकरणका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे । बिदुर नपाबाट उपलब्ध गराइएको उक्त सहयोगबाट मास्केमगरको दैनिक जीवनयापनमा सहजता पुग्नुका साथै आवागमन तथा सामाजिक सहभागितामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । बिदुर नपाका अन्य अशक्त व्यक्तिहरुलाईसमेत सहायक सामग्री वितरण गरिने बिदुर नपा कार्यालयले जनाएको छ ।


सर्वाधिक रुचाइएको