ज्येष्ठ नागरिकको अधिवेसन

– नेपालको नेतृत्वमा नयां कार्यसमिति चयन
लोकखबर
२०८३ असार २९, सोमबार ००:३४

बिदुर -नुवाकोटको प्रसिद्ध देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको १६ औं बार्षिक साधारण सभा तथां छैटौं अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले आगामी कार्यकालका लागि कार्यसमिति चयन गरेको छ । बिदुर नगरपालिका ५ देवीघाटस्थित प्रतिष्ठानको १६औँ वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले पुनः विष्णुप्रसाद नेपालको अध्यक्षतामा ३१ सदस्यीय नयां कार्यसमिति निर्विरोध चयन गरेको छ ।

अधिवेसनको कार्यकmमकावीच समाजसेवी, शिक्षाप्रेमी, सामाजिक अगुवा तथा प्रतिष्ठानका दानवीरदाता बाबुराम शर्माअधिकारीले उद्घाटन गरेका हुन् । उनले जीवनमा सामाजिक सेवा निकै महत्वपुर्ण रहेको वताए । मानिसले जीवनमा सम्झनलायक काममात्रै गर्नुपर्ने उनले वताए । कार्यक्रममा प्रतिष्ठानका संरक्षक तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सामाजिक सद्भावको भावना निकै महत्वपुर्ण रहेको उल्लेख गर्दै पछिल्लो समय सेवाभावको भावना हट्दै गएको जनाउंदै चिन्ता व्यक्त गरे । जीवनमा सत्कर्म गर्नु नै महत्वपुर्ण काम भएको र यसमा सवैले सक्रियता अपनाउनु पर्ने उनले वताए ।

अधिवेशनले पुनः विष्णुप्रसाद नेपालको अध्यक्षतामा ३१ जना कार्यसमिति चयन गरेको हो । उपाध्यक्ष गोविन्दलाल चित्रकार, सचिवमा रामशरण थापा, सहसचिवमा मोतिराम न्यौपाने र कोषाध्यक्षमा बिन्दादेवी अर्याललाई चयन गरेको छ । सदस्यहरूमा रामकृष्ण भट्ट, शिवप्रसाद गजुरेल, ठाकुरप्रसाद गजुरेल, ठाकुर पुडासैनी, बसन्तजंग ठकुरी, बलराम अधिकारीलगायत ३१ जनाको कार्यसमिति चयन गरिएको छ ।

सोमप्रसाद भण्डारीको संयोजकत्वमा ४१ जनाको सल्लाहकार समिति चयन भएको छ । कार्यक्रममा बिदुर नगरपालिका २ का वडाध्यक्ष दीपक कायस्थद्वारा प्रतिष्ठानको अक्षयकोष वृद्धिको लागि र वृद्ध बा आमाहरुलाई संरक्षण गर्न आजीवन सदस्य बनेका छन् । उनले नगद १५ हजार रुपैयासमेत प्रदान गरेका छन् । अन्य व्यक्तिहरुलेसमेत देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई नगद तथा जिन्सी प्रदान गर्ने कार्य गरिरहेको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहाल, प्रतिष्ठानका कार्यसमिति, सल्लाहकार समिति, आजीवन सदस्य, समाजसेवी, बुद्धिजीवी, प्रतिष्ठानलाई सदैव साथसमर्थन गरिरहने दाताहरू, आश्रमका वृद्धबाआमाहरूलाई विभिन्न खाद्यान्न, लत्ता कपडा, लगायत विभिन्न सामग्रीहरू प्रदान गर्ने समाजसेवी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

 

 


सर्वाधिक रुचाइएको