सडक मर्मत र निरन्तरतामा जोड

– सुरक्षित र सहज आवागमनको माग
लोकखबर
२०८३ श्रावण २, शनिबार २३:३४

बिदुर – प्रत्येक सडकमार्गमा सुरक्षित र सहज रुपमा यातायात आवागमनको माग गर्दै नुवाकोटमा सरोकारवाला पषसंग अन्र्तक्रिया गरिएको छ । वर्षायाममा सडक तथा बाढी–पहिरोका समस्याका सम्वन्धमा सत्तारढ दलले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराउंदै अन्र्तक्रिया गरेको हो । वर्षायाममा सडक तथा बाढी–पहिरोका समस्याबारे सडक डिभिजन प्रमुख वद्रीप्रसाद शर्मालगायतका प्राविधिकसँग राष्ट्रिय स्वतन्त्र पार्टीको अन्र्तक्रिया भएको हो ।

जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले वर्षायामका कारण विभिन्न सडकमा देखिएका समस्या तथा बाढी, पहिरो र अविरल वर्षाका कारण नागरिकले भोगिरहेका कठिनाइका विषयमा सडक डिभिजन कार्यालयका प्रमुख शर्मासँग छलफल गरेको हो । छलफलका क्रममा जिल्लाका विभिन्न सडकको मर्मत–सम्भार, अवरुद्ध सडकको यथाशीघ्र सञ्चालन, जोखिमयुक्त क्षेत्रको व्यवस्थापन तथा नागरिकलाई सुरक्षित र सहज आवागमनको व्यवस्था सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको छ ।

त्यसैगरी, वर्षायाममा हुन सक्ने सम्भावित विपद् तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, शीघ्र प्रतिकार्य तथा आवश्यक पूर्वतयारीका विषयमा अन्र्तक्रियासमेत भएको छ । यात्रु तथा सर्वसाधारणको सरोकारसंग प्रत्यक्ष जोडिएका सडक तथा विपद् व्यवस्थापनका विषयमा सम्बन्धित निकायले समयमै प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ । डिभिजन सडक प्रमुख शर्माले जिम्मेवार र प्रभावकारी रुपमा कार्य गरिने प्रतिवद्धता जनाएका छन् ।


सर्वाधिक रुचाइएको