शरिर वन्धक तथा करणीमा फरार पक्राउ
बिदुर – नुवाकोटसंगै जोडिएको रसुवामा शरिर वन्धक तथा जवरजस्ती करणी मुद्धामा फरार रहेका दुई जना पक्राउ परेका छन् । दुवै जनालाई अदालतमा पेस गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतवाट प्राप्त लगत अनुसार कैद भुक्तान हुन वांकी रहेका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा अपहरण शरिर वन्धक तथा कर्तव्य ज्यान मुद्धामा चार वर्ष कैद सजाय फैसला भएका उत्तरगया गापा १ का ४८ वर्षिय अमृत तामाङलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार तामाङलाई रसुवा अदालतमा पेस गरिएको छ । यसैवीच, प्रहरीले जवरजस्ती करणी मुद्धामा फरार रहेका उत्तरगया गापा ३ का २८ वर्षिय शंकर नेपालीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालीलाई अदालतमा पेस गरि हिरासतमा राखेर अनुसन्धान गर्नका लागि १० दिनको अनुमति प्राप्त भएको छ ।












































