फरार अभियुक्त पक्राउ

– अदालतमा पेस
लोकखबर
२०८३ श्रावण १८, सोमबार २३:२६

बिदुर – नुवाकोटसंगै जोडिएको रसुवामा फरार रहेका दुई जना अभियुक्तहरु पक्राउ परेका छन् । दुवै जनालाई अदालतमा पेस गरिएको छ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतवाट प्राप्त लगत अनुसार कैद भुक्तान हुन वांकी रहेका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा दुई जना अभियुक्तहरुलाई पक्राउ गरि जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार लागू औषध मुद्धामा रसुवा अदालतले गत २०८२ साल पुस २२ गते तीन महिना कैद र दुई हजार रुपैया जरिवानाको सजाय फैसला भई फरार रहेका कालिका गाउंपालिका २ का २८ वर्षिय सुनील तामाङ र सोही स्थानका ३२ वर्षिय सुधीर न्यौपानेलाई पक्राउ गरि अदालतमा पेस गरिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।


सर्वाधिक रुचाइएको