प्रहरीको स्वास्थ्य शिविर
– १२८ जना प्रहरीको स्वास्थ्य परिक्षण
बिदुर – नुवाकोटको बिदुरमा प्रहरीहरुको“निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम” गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको ४२ औं बार्षिकोत्सवको अवसरमा सोमवार स्वास्थ्य शिविर गरिएको हो । त्रिशूली अस्पतालका चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुद्वारा जिल्ला प्रहरी कार्यालय, नुवाकोटको परिसरभित्र गरिएको स्वास्थ्य शिविरमा एकसय २८ जना प्रहरीहरुको स्वास्थ्य परिक्षण गरिएको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानजकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको आयोजना तथा त्रिशूली अस्पताल नुवाकोटको सहकार्यमा आयोजित “एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम” मा एकसय २८ जना प्रहरी कर्मचारीहरूको निःशुल्क आँखा, चिनी, रक्तचापलगायतका स्वास्थ्य चेकजाँच गर्नुका साथै आवस्यक औषधि निःशुल्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


















































