दुप्चेश्वरको आरतीका लागि नगद सहयोग

– कोषद्वारा श्रेष्ठलाई सम्मान
लोकखबर
२०८३ श्रावण २७, बुधबार ००:१२

बिदुर –  नुवाकोटको करेजुङमा रहेको प्रसिद्ध दुप्चेश्व धाममा आरतीकाम लागि एक जना युवाले आर्थिक सहयोग गरेका छन् । उनलाई सम्मान गरिएको छ । दुप्चेश्वर गाउंपालिका ३ करेजुङको पहरामा रहेको दुप्चेश्वर महादेव धामको विकास, संरक्षण, प्रवद्र्धन तथा नियमित आरती सञ्चालनका लागि स्थानीय दिलकुमार श्रेष्ठले ५५ हजार पाँच सय ५५ रुपैयाँ हस्तान्तरण गरेका छन् । उनलाई दुप्चेश्वर विकास कोषले सम्मान गरेको छ ।

कोषका संयोजक तथा दुप्चेश्वर गापाका अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङलगायत कोषका पदाधिकारीले श्रेष्ठ परिवारलाई कार्यक्रमसहित सम्मानित गरेका हुन् । धार्मिक सम्पदा र तीर्थस्थलको संरक्षण, विकास तथा भावी पुस्तासम्म यसको गरिमा जोगाइराख्ने अभियानमा श्रेष्ठले सहयोग गरेको कोषका संयोजक शंकरवहादुर थापाले वताए । थापाले श्रेष्ठको सहयोगले दुप्चेश्वर धामको विकाससँगै नियमित आरती, धार्मिक गतिविधि तथा आध्यात्मिक कार्यलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । दुप्चेश्वर धाम नुवाकोटको मात्रै नभई देशकै प्रमुख तीर्थस्थलको रुपमा विकासित भएको छ ।


सर्वाधिक रुचाइएको