बरिष्ठ पत्रकार श्रेष्ठ पक्राउको बिरोध
बिदुर – बरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकाप्रति बिरोध सुरु भएको छ । पत्रकारहरु श्रेष्ठलाई राखिएको प्रहरी परिसर पुगेका छन् । प्रहरीले बरिष्ठ पत्रकार श्रेष्ठलाई ललितपुरको कुसन्तीबाट वुधवार राती पक्राउ गरेको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनआस्थाका सम्पादकसमेत रहेका बरिष्ठ पत्रकार श्रेष्ठलाई पक्राउ गरिनु प्रेस स्वतन्त्राप्रतिको अपमान भएको वताएकी हुन् । शर्मालगायत पत्रकारको टोली वुधवार राती नै श्रेष्ठलाई राखिएको भद्रकालीस्थित प्रहरी परिसर पुगेका छन् । महासंघका महासचिव रामप्रसद दाहालले पनि पत्रकार श्रेष्ठलाई पक्राउ गरिनु निन्दनीय रहेकोे जनाएका छन् ।

सम्पादक श्रेष्ठलाई वैयक्तिक गोपनीयता सम्बन्धी उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई फत्राउ गरिनु सिंगो प्रेस जगतमाथिको आक्रमण भएको पत्रकारिता सम्वद्ध संघसंस्थाहरुले जनाएका छन् । विश्व प्रेस काउन्सिलका उपाध्यक्षसमेत रहेको सम्पादक श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रकाशित समाचारको विषयलाई लिएर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।














































