जग्गा व्यवस्थापन सम्वन्धि अन्र्तक्रिया

– सामूहिक सहकार्यमा जोड
लोकखबर
२०८३ श्रावण २८, बिहीबार ००:४६

बिदुर – सामूहिक सहकार्यमा जोड दिदै नुवाकोटको दुप्चेश्वरमा जग्गा व्यवस्थापन सम्वन्धि अन्र्तक्रिया गरिएको छ । भूमि सहस्या पहिचान गरि स्थायी रपमा समाधानका लागि सवै पक्षको उत्तिकै सहयोग जरुरी रहेको कार्यक्रममा जनाइएको छ । भूमि समस्या समाधान समिति नुवाकोटको आयोजना र दुप्चेश्वर गाउँपालिकाको समन्वयमा समुन्द्रटारमा सन्चालित भूमिहिन दलित ÷सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लागि जग्गा व्यवथापन सम्बन्धि अन्तक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले भूमिहिन दलित ÷सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पहिचानका लागि विशेष कार्ययोजना वनाइनु पर्नेमा जोड दिएका छन् ।कार्यक्रममा दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, समितिका अध्यक्ष तथा प्रजिअ शम्भुप्रसाद रेग्मी, दुप्चेश्वर गापाका जनप्रतिनिधिहरु, समितिका सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सम्बन्धित सरोकारवालाहरुको सहभागिता थियो । उक्त प्रारम्भिक छलफलले भूमिहिन दलित ÷सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि सकारात्मक निष्कर्श निकालेको सहभागीहरुको भनाई छ ।


सर्वाधिक रुचाइएको