पन्चकन्याद्वारा कर्मचारी सम्मानित
बिदुर – कर्मचारीहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्कृष्ट कर्मचारी छनौट गरि सम्मानित गर्ने कार्यक्रम सुरु गरेको छ । यसले गर्दा कर्मचारीहरुमा हौसला मिलेको गापा कार्यालयले जनाएको छ । पन्चकन्या गापाको कार्यसम्पादन उत्कृष्ट बनाउने लक्ष्यका साथ चालु आर्थिक वर्ष २०८३/०८४ देखि सुरु गरिएको मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम अन्र्तगत पहिलो साउन महिनाको कर्मचारी छनौटसहित सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

२०८३ साल साउन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा राजश्व इकाई प्रमुख सहायक पाचौँ रामप्रसाद खनाल छनौट भई सम्मानित गरिएको हो । खनाललाई कार्यक्रमकावीच गापा उपाध्यक्ष विमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राईलगनायतले सम्मानित गरेका हुन् । उत्कृष्ट मासिक कर्मचारी छनौटसहित प्रत्येक महिना कर्मचारीलाई सम्मानित गरिने पन्चकन्या गापाले जनाएको छ ।














































