ज्येष्ठ नागरिक आश्रमलाई सहयोग
बिदुर – नुवाकोटको प्रसिद्ध देवीघाटस्थित ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम जारी रहेको छ । आश्रममा दैनिक भोजनका लागि नगद सहयोग प्राप्त भएको छ । “खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ? आफु मेटाइ अरुलाइ दिनु जहाँ छ” भन्ने मेल नाराका साथ विभिनन व्यक्तिहरुले देवीघाट ज्येष्ठ नागरिक आश्रम तथा अध्ययन प्रतिष्ठानका लागि आर्थिक सहयोग प्रदान गर्ने क्रम जारी रहेको छ ।

जसअन्र्तगत तारकेश्वर गापा ५ गोस्र्याङ घर भई हाल बिदुर नगरपालिका ४ बट्टार वसोवास गर्दै आएका शिक्षाप्रेमी, सामाजिक अगुवा तथा समाजसेबी बाबुराम शर्माअधिकारीले आफ्नी माता स्व. पद्मकुमारी अधिकारीको स्मृतिमा प्रतिष्ठानमा आश्रीत वृद्ध बाआमाहरुलाई मिष्ठान्न भोजनका लागि नौ हजार रुपैया आर्थिक सहयोग प्रदान गरे । उनले मिष्ठान्न भोजनको लागि नगदका साथआश्रित वृद्ध बाआमाको हातहातमा केरा र स्याउ सहित नगद जनही एकसय ५ रुपैयाका दरले दक्षिण प्रदान गरेका हुन् । उक्त वृद्धाश्रमका आजीबन सदस्य तथा सल्लाहकारसमेत रहेका समाजसेबी बाबुराम शर्माअधिकारीले पटक÷पटक गरि वृद्धाश्रमलाई १० लाख रुपैया भन्दा बढी सहयोग गरि सक्नु भएको अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए ।

असहाय जेहन्दार तथा जनजातिको लागि शिक्षा कार्यक्रमका सस्थापकसमेत रहेका समाजसेबी बाबुराम शर्माअधिकारीले सोही संस्थामार्फत वृद्धाश्रममा एक कोठा बराबर ३ लाख ५० हजार रुपैया नगद पनि सहयोग गरिसकेका छन् । उक्त वृद्धाश्रममा अधिकारीमार्फत १८ जना भन्दा बढि आजीवन सदस्य रहेका छन् । यसैवीच, नुवाकोटकै बिदुर नगरपालिका १ सिमुुटारका गोविन्द थपलियाका स्व. फुपूदिदीको पुण्यतिथिको अवसरमा प्रतिष्ठानमा रहेका बृद्ध बुवाआमाहरूलाई मिष्ठान्न भोजनको लागि नगद १० हजार रुपैया प्रदान गरे ।

उक्त नगदले प्रतिष्ठानले भोजनको व्यवस्था गरी वृद्ध बुबाआमाहरूलाई भोजन ग्रह गराइएको छ । प्रतिष्ठान अन्तर्गतको जेष्ठ नागरिक सेवा आश्रम सन्चालन समितिका अध्यक्ष विष्णुप्रसाद नेपाल, कार्य समिति सदस्यहरु, सल्लाहकार, आश्रममा रहेका वृद्ध बाआमाको सहभागिता रहेको थियो ।
















































