स्वास्थ्य सामग्रीहरु हस्तान्तरण

– गाउंको स्वास्थ्यचौकीलाई सुविधा
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र ४, बिहीबार २३:५१

बिदुर – नुवाकोटको कुमरीमा रहेको स्वास्थ्य केन्द्रलाई विदेशी सहयोगमा स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ । यसवाट गाउंको स्वास्थ्यचौकीलाई सुविधा पुगेको छ ।

बेलकोटगढी नगरपालिका ३ कुमरीस्थित स्वास्थ्यचौकीलाई विहीवार अमेरिका स्थित  बिवाइयु युनिभर्सिटीका  चिकित्सक तथा प्राध्यापकहरुले विभिन्न १० प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कुमरीमा आयोजित कार्यक्रममा बिवाइयु युनिभर्सिटीका  चिकित्सक तथा प्राध्यापकहरुले बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङलाई ति सामग्रीहरु हस्तान्तरण गरे ।

टोलीले कुमरी स्वास्थ्य चौकिमा सेनिटाइजर, ग्लोव्स, मास्क, दांत सफा गर्ने सामग्री, डस्टविन, अटोमेटिक टुल, रवर सिटलगायतका १० सामग्री प्रदान गरेको वडाध्यक्ष कौशिला पुडासैनीले जानकारी दिइन् । स्वास्थ सामग्रीहरु हस्तान्तरण कार्यक्रममा बेलकोटगढी नपाको स्वास्थ्य शाखाका कर्मचारी, वडा तथा स्वास्थ्य चौकीका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


सर्वाधिक रुचाइएको