तेश्रो इन्फा अबार्ड सम्पन्न

– मदनकृष्णले पाए लाइफटाइम एचिभमेण्ट अबार्ड
लोकखवर मनोरन्जन संवाददाता
२०८३ भाद्र ४, बिहीबार २३:२८

बिदुर – कलाकारको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित तेस्रो इन्फा अवार्ड सम्पन्न भएको छ । एउटै चलचित्रले नौ वटा अवार्ड हात पारेको छ । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एकलाख ११ हजार एकसय ११ रुपैया सहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको आयोजनामा सन्चालित अवार्ड प्रदान कार्यक्रममा ‘ऊनको स्विटर’ को दबदबा भएको छ ।

सो चलचित्रले नौ वटा अवार्ड उचालेको छ । दुई पटकसम्म बेलायतको लण्डनमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो । तेस्रो इन्फा अवार्ड काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उक्त अवार्डमा मदन कृष्ण श्रेष्ठले विशेष सम्मानसहित दीर्घ साधना सम्मान प्राप्त गरे्का हुन् । कार्यक्रममा बिभिन्न बिद्यामा अवार्ड बिजेता, उत्कृष्ट ५ मनोनयनतर्फ कलाकारहरु पुरस्कृत तथा सम्माननित भएका छन् । नवीन चौहानको निर्देशनमा बनेको ‘ऊनको स्विटर’ ले यस वर्षको अवार्डमा बाजी मारेको छ ।

उत्कृष्ट चलचित्रतर्फ ‘ऊनको स्विटर’, उत्कृष्ट निर्देशकतर्फ नवीन चौहान ‘ऊनको स्विटर’ उत्कृष्ट अभिनेतामा नीर शाह ‘परान’ र विपिन कार्की ‘ऊनको स्विटर’, उत्कृष्ट अभिनेत्रीमा मिरुना मगर ‘ऊनको स्विटर’ र उत्कृष्ट पाश्र्व गायिकामा झुमा लिम्बु ‘काफ्ले’ उनको स्वीटरले अबार्ड पाएको छ । उत्कृष्ट पाश्र्व गायक सुजन चापागाईं ‘फूलहरू’ उनको स्वीटर, उत्कृष्ट गीतकारमा हर्क साउद ‘फूलहरू’ उनको स्वीटर, उत्कृष्ट पटकथा नवीन चौहान र सुरज ‘ऊनको स्विटर’, उत्कृष्ट छायांकनमा निमेष रेग्मी ‘जेरीः अन टप’ र उत्कृष्ट सम्पादनतर्फ निमेष श्रेष्ठ ‘जेरीः अन टप’ ले अबार्ड थापेका छन् ।

कार्यक्रममा उत्कृष्ट सह–अभिनेत्रीमा आँचल शर्मा ‘जेरीः अन टप’, उत्कृष्ट खलपात्रमा श्रृष्टि श्रेष्ठ ‘द ब्लू लाइट’, उत्कृष्ट चरित्र अभिनेतामा सन्तोष पन्त ‘हर्ष’, उत्कृष्ट चरित्र अभिनेत्रीमा लक्ष्मी गिरी ‘श्री बुकुरो’ र उत्कृष्ट नव–अभिनेतामा विमोचन दवाडी ‘झरीपछिको इन्द्रेणी’ ले अबार्ड पाए । सोही कार्यक्रममा उत्कृष्ट नव–अभिनेत्रीमा श्यामश्री शेर्पा ‘माइतीघर’, उत्कृष्ट नृत्य निर्देशनमा रामजी लामिछाने ‘चाहिँदैन मोहर’ र उत्कृष्ट पाश्र्व संगीतमा मोहक श्रेष्ठ  ‘द ब्लू लाइट’ले अबार्ड हात पारेका हुन् । कार्यक्रममा विभिन्न मनारन्जनात्मक कार्यक्रमसमेत गरिएको थियो ।


सर्वाधिक रुचाइएको