बाढीमा डुबेको घरबाट सामान निकाल्दै पीडितहरु
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटमा रहेका नदी किनारा र आसपासका बस्ती वगाएको छ । बाढीले हताहत भएकाहरुको खोजी भइरहेको छ । पुरिएका बाटो तथा घर टहरा सुरक्षित रुपमा खोतल्ने काम सुरु भएको छ । बाढीले नुवाकोटको चार स्थानीय तहको नदी किनारामा रहेका ठुला वस्तीहरु वगाएको हो ।
अकल्पनीय बाढीले नुवाकोटको किस्पाङ गाउंपालिकास्थित शान्तिवजार, वेत्रावति, सोले, तुप्चेफांट, शुभघाट, त्रिशूली, ढुंगे, देवीघाट वजार, वुधसिङघाट, महादेवफांट किनारा, तारुकाघाट, केउरेनी, कोल्पुटारफांटमा ठुलो क्षति गरेको छ । भीकमाय अकल्पनीय वाढीले गरेको जनधनको क्षतिको सरकारी निकायले तथयांक संकलन गर्ने कार्य सुरु गरेको छ । यद्यपि, यत्ति नै मानवीय तथा भौतिक क्षति भयो भनेर पुर्ण रुपमा तथयांक आइनसकेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । बाढीले पुरेका सडक र नदी किनारामा पुरिएका र थिभिएका घरबाट स्थानीय पीडितले लेदो हटाएर बचेका आफ्ना धनसामान झिक्न थालेका छन् ।

नुवाकोटको ढुंगे, त्रिशूली तथा देवीघाट वजारमा पुरिएका घरवाट सुरक्षाकर्मीको सहयोगमा पीडितहरुले आफ्ना सामान झिक्न थालेका हुन् । बाढीले वगाएको त्रिदेशिय मार्गको वीरगन्ज–गल्छी–बिदुर–ढुंगे–रसुवागढी सडकअन्र्तगत ढुंगे र देवीघाटमा सडकमा जमेको बाढी तथा लेदो पन्छाइएको छ । पांच थान वढि वुलडोजर तथा स्काभेटरले सडक सडक सफा गर्दै पीडितहरुको घरवाट सामान निकल्ने कार्य भइरहेको छ । बाढी पीडितहरुले आफ्ना धन सम्पत्ति तथा सामानहरु लेदो पन्छाउंदै निकालेका हुन् ।
“बाढी पीडित त भइयो नै आफ्नो वहुमुल्य सामान त त्यत्तिकै छोड्नु भयन । त्यहि भएर सुरक्षाकर्मीको सहयोगमा आफ्ना गरगहना, महत्वपुर्ण धनसामान निकालेको” ढुंगेवजारकी बाढी पीडित विष्णुमाया डंगोलले भनिन् । उनले आफ्नो घरमा पालिका ३० वटा कुखुरा समेत जिउंदै रहेको र चार दिनमा दानापानी दिदा आंधी खुसी लागेको वताइन् । यस्तै अर्का बाढी पीडित अशोककुमार कलवारले बाढीले घर डुवार धन सम्पत्ति त नष्ट ग¥यो, यद्यपि, सरकारी सहयोगमा आफ्नो व्यवसायिक कम्पनीको महत्वपुर्ण कागजपत्र निकालिएको वताए । उनले भने वचेको रहेछ भने अरु सामान पनि निकलिने वताए ।

ढुंगेवजारकै अर्का वाढी पीडित वलराम डंगोलले “बाढीले घर पुरै क्षति गरेको वताउंदै आफ्नो घरका केहि महत्वपुर्ण सामानहरु निकालेको” वताए । उनले भने बाढीले लैजान नसकेको सामानहरु निकालिएको वताए । स्थाीय ढुंगेवजारकै अर्का बाढी पीडित नवराज उप्रेती बाढीले क्षतिग्रस्त वनाएको आफ्नो घरवाट सुरक्षाकर्मीको सहयोगमा सामान निकाल्न गरिएको अनुरोध सकारात्मक रहेको वताउंदै दुई दिनदेखि सामान निकाल्ने प्रतिक्षामा छन् ।
उनले भने “घरमा आफ्ना दाजु राजकुमार र आफ्नो दुई परिवार वस्दै आएका थियौं, बाढी आएको सूचना आउने वित्तिक्कै तीन जना वच्चा च्यापेर ६ जना ६ सेकेण्डको भरमा वाच्न सफल भएको” वताउंछन् । त्रिशूलीमा आएको बाढी पस्दा अधिकांश घर वगाएको छ भने केहि घर लेदो र माटोले पुरिएको छ । तर, जोखिम कम हुँदै गएपछि स्थानीयले लेदो हटाउँदै विभिन्न सामान निकाल्न थालेका हुन् । बाढीपीडित स्थानीय अहिले घरमा जमेको लेदो हटाउने, बचेका सामान सुरक्षित स्थानमा निकाल्ने तथा घर सफा गर्ने काममा लागेका छन् । घर लगेपनि अब वांच्नका लागि सामान त खोज्नै प¥यो भन्दै आफन्त तथा छिमेकीहरुको सहयोगमा बाढी पीडितहरुले घरमा पुरिएका सामान निकालिरहेका छन् ।

बाढीले घर वगाएर क्षतिग्रस्त भएकाहरुले तत्काल सरकारले पुर्नस्थापना गरिनुपर्ने माग गर्दछन् । वर्षात्को समयमा छिटो सुरक्षित स्थानमा पुर्नस्थापना गर्नुपर्ने अर्का बाढीपीडित कामाख्याप्रसाद कलवारले वताए । यहि भदौ १० गते वुधवार विहान १० वजे त्रिशूली नदीमा आएको अकल्पनीय, भीषण र विनाशकारी बाढीका कारण नुवाकोटको चार स्थानीय तह बिदुर र केलकोटगढीस् नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउंपालिकाका मानव बस्तीमा ठुलो क्षति भएको छ । बाढी क्षति गरेको मुख्य प्रभावित क्षेत्र विदुर नपाको . १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, बेलकोटगढी नपाको ५, ७, ८, ९ तारकेश्वर गापाको २, ३ र ४, तथा किस्पाङ गापाको ५ वडाको शान्तिबजारमा धेरै क्षति गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
बाढीले शनिवार वेलुकासम्म ५१ ज्ना मृतकको शव प्राप्त भएको छ भने चारसय पांच जना हराइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ४० जना घाइते भएका छन् । हेलिकप्टर मार्फत हालसम्म एकहजार आठसय २३ जनाको र स्थलगत रुपमा ८५ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले वताए । उनले बाढीमा फसेका, घाइते भएका र घरवार गुमेकाहरुको उद्धार कार्य अझै पनि भइरहेको वताए ।

बाढीवाट विस्थापित सातसय ९१ जना पीडितहरूलाई तत्कालका लागि विभिन्न विभिन्न आश्रय स्थलहरूमा व्यवस्थापन गरिएको जिल्ला प्रशासुनले जनाएको छ । कतिपय बाढी प्रभावितहरु आफन्तको अन्य स्थानमा आश्रय लिई रहेको जानकारी प्राप्त भएकोले आश्रय स्थलमा बाढी प्रभावितहरुको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रजिअ रेग्मीले वताए । उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न संघ–संस्था, रेडक्रस, सञ्चारकर्मी र आम नागरिकहरूमा सहयोगको लागि अपिल गरिएको प्रजिअ रेग्मीले वताए । उनले संकटको समयमा धैर्य रहन र बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले नदी तटीयक्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको वताए ।












































