आश्रित सेन्टरका लागि राहत सामग्री
– बाढी पीडितहरुका लागि हस्तान्तरण
बिदुर – यहि भदौ १० गते आएको विकराल बाढीले प्रभावित भएकाहरुका लागि नुवाकोटमा कायम गरिएका विभिन्न आश्रित सेन्टरमा राहत सामग्री प्रदान गरिएको छ । तीन वटा आश्रित केन्द्रमा खाद्यान्न तथा अन्य राहत सामग्री आइतवार हस्तान्तरण गरिएको हो ।

नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल अमेरिकन मेडिकल फाउण्डेसनका पदाधिकारीहरूद्वारा दाल, चामल, औषधि प्रदान गरेका हुन् । चारसय थान भन्दा बढी २५ किलोग्राम रहेको राहत सामग्रीको ब्याग बिदुर नगरपालिका २, ४ र ५ मा कायम गरिएका आश्रित केन्द्रमा रहेका वाढी पीडितहरुका लागि केन्द्रमै पुगेर हस्तान्तरण गरिएको हो ।












































