बाढीका वीच छहरे–टोखा सडकमा पहिरो

– एकतर्फ सनचालन
लोकखबर
२०८३ भाद्र १६, मंगलवार १०:५३

बिदुर – बाढीको कहरको वचि नुवाकोटवाट काठमाडौ प्रवेश गर्ने छोटो दुरीको टोखा–छहरे सडकखण्डमा पहिरो गएको छ । यसवाट यात्रुहरुलाई सास्ती परेको छ ।  मर्मत गरेर सडक एकतर्फी सञ्चालनमा आएको छ ।  नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा छहरे–टोखा सडकखण्डको काफलडाँडामा रुखसहितको पहिरो खसेर अवरुद्ध भएको सडक एकतर्फी रूपमा सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उक्त क्षेत्रमा अहिले सवारीसाधनको चापसँगै लामो जाम रहेकाले यात्रु तथा चालकहरूलाई सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सडकको पहिरो अझैे पन्छाउने तथा सडक दुइतर्फी सञ्चालनमा ल्याउने कार्य जारी रहेको छ । बाढीले अवरुद्ध त्रिदेृशिय मार्गको ढुङ्गेबाट गेर्खुतर्फ आउजाउ गर्ने सडक भने सुचारु भएको छ । उक्त सडकसमेत पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।


सर्वाधिक रुचाइएको