दुईसय वढि संघसंस्थामार्फत राहत उपलव्ध

– एकद्वारा प्रणालीमार्फत पीडितलाई उपलव्ध
लोकखबर
२०८३ भाद्र १६, मंगलवार २२:३७

बिदुर – एकद्वार प्रणालमिार्फत बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । हालसम्म दुईसय भन्दा वढि संघसंस्थाहरुले नुवाकोटमा बाढी पीडितहरुलाई राहत उपलव्ध गराएका छन् । गृह मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सवै सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि रहेको संयन्त्र मार्फत एकद्वार प्रणाली अनुसार राहत वितरण सम्बन्धी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार जिल्ला समन्वय समितिको हल, मैथली व्यारेक र बिदुर नगरपालिकाबाट राहत प्राप्त र वितरणको कार्य भइरहेको । हालसम्म . २ सय ३० वटा संघ–संस्था मार्फत राहत संकलन भएको छ । एकसय ३१ वटा स्थानहरूमा राहत वितरण भएको प्रशासनले जनाएको छ । संकलित राहत ३० भन्दा वढि स्थानमा हेलिकप्टरमार्फत लगेर प्रभावितहरुलाई वितरण गरिएको छ ।


सर्वाधिक रुचाइएको