बाढी पीडितद्वारा राहतसंगै पुर्नस्थापनाको माग

१९ स्थानका आश्रित केन्द्रमा दुईहजार ६ सय वढि, सडकमार्ग मर्मत सुरु
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र १६, मंगलवार २२:५१

बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले लाखौं व्यक्ति घरवारविहीन भएका छन् । हजारौं घरको निशाना नै छैन् ।भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा सरकारी निकायले करिव आठसय घर वगाएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेपनि दुई हजार भन्दा वढि घरटहरा वाढीले वगाएको स्थानीयवासीले वताए । बाढी गएको सातौ दिनसमेत खोज तथा उद्धार कार्य भइरहेको छ ।

बाढीले घर वगाएर विचल्ली भएका पीडितहरुले राहतका साथै पुर्नस्थापनाको माग गरेका छन् । बाढीले घर त वगायो, वगायो, वर्षात्मा वालवालिकाहरुलाई चिसोमा जोगाउन समस्या भएको बिदुर नगरपालिका १ ढुंगेवजारकी वाढी पीडित विष्णुमाया डंगोलले वताइन् ।  यस्तै अर्का वाढी पीडित ढुंगेवजारकै सुनील डंगोल सरकारले राहतसंगै पुर्नस्थापनाको कार्य गर्नुपर्ने माग गर्दछन् । राजु शाक्यले पुर्नस्थापना गरिदा वालवच्चाहरुलाई जोगाउन सजिलो हुने तर्क गर्दछन् ।

ढुंगेकै अर्का बाढी पीडित शान्ति लामिछाने भागेर ज्यान त जोगायौं, पुर्नस्थापना गरिए वर्षात्को समयमा जीवजन्तुवाट सुरक्षित रुपमा वस्न सकिने वताउंछिन् । सरकारले पहिलो प्राथमिकता विस्थापितहरुको पहिचान गरि पुर्नस्थापना गरिनु पर्ने माग गर्दछन् ।  नुवाकोटको ढुंगेमा मात्रै दुइसय घर वगाउनुका साथै वाढीले नष्ट गरेको छ । पारीपट्टिको त्रिशूली वजारका तीनसय ५० वढि घर भत्किएको र पुरिएको छ ।

नुवाकोटको विभिन्न १९ स्थानमा दुईहजार ६ सय ५३ जना बाढी पीडितहरुलाई आश्रित केन्द्र सन्चालन गरि राखिएको छ । जसमध्ये सवैभन्दा वढि कोलोनी कभर्ड हल र भैरुम माविमा पांच सय जनालाई राखिएको छ ।  रातमाटेको महादेव माविमा दुईसय ७२, किस्पाङको त्रिभुवन माविमा दुईसय तथा सवैभन्दा कम महादेव क्याम्पस महादेवफांटमा २६ र वेलकोटगढीको जनसेवा विद्यालयमा ३५ जना राखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार दुई स्थानमा भने स्वास्थ्यकर्मीको समूह परिचालित छन् ।

बढीमा परेर मृत्यु भएकाहरुलाई कोल्पु खोलादेखि मैलुङ्ग शान्ति बजारसम्म त्रिशूली वारी र पारी गरि ३० ठाँउलाई आधार बनाइ सुरक्षा निकायकाद्वारा थप खोजी कार्य जारी रहेको प्रजिअ रेग्मीले वताए । एकसय ५१ जनाको शव संकलन भइसकेको छ ।

जलविद्युत आयोजनामा खोज तथा उद्धार जारीः

खोज तथा उद्दारतर्फ त्रिशूली ३ ए जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र बिद्युुतका कर्मचारीसमेत गरि ९० जनाबाट खोज तथा उद्धार कार्य गर्ने कार्य भइरहेको छ । सोही क्रममा क्राउन हेड रहेको स्थान पत्ता लगाई १० मिटर गहिरो हिलो लेदो पन्छाएर ड्रिलिङ गरि इनलेटमा प्वाल पारिएको, उक्त प्वालबाट अत्याधिक मात्रामा पानी आइरहेकोले अर्को ठाँउमा प्वाल पार्ने कार्य र फसेकाहरुको खोज तथा उद्धार कार्य भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार त्रिशूली ३वि  जलविद्युत आयोजनामा हेलीकप्टरमार्फत एक्साभेटर ड्रप गरि नेपाली सेना, सशस्त्र प्रहरी र बिद्युतका कर्माचारी गरि ४७ जनाबाट खोज तथा उद्धार कार्य भइरहेको छ । साथै खोज तथा उद्धार कार्यका लागि पांचसय भनदा धेरैपटक हेलीकप्टर उडान गरिएको छ ।  नेपाली सेनाको अधिकृत तहको नेतृत्व र समन्वयमा छिमेकी राष्ट्रबाट आएको बिज्ञ टोलीले अप्पर त्रिशूली १ को टनेल हेड हाकुमा करिब ३ सय मिटर र टनेल टेल मैलुङ्गमा करिब २ सय ५० मिटर भित्रसम्म खोज तथा उद्धारको प्रयास भएको र उक्त टनेलहरुमा ३–४ मिटर बाक्लो दलदल हिलो रहेको नुवाकोटका प्रजिअ शम्भुप्रसाद रेग्मीले बिदुरमा मंगलवार पत्रकार सम्मेलन गरि जानकारी दिए ।
साथै चिलिमे जलबिद्युतत आयोजनामा नेपाली सेना, मित्र राष्ट्रको विज्ञ टोली र ऋक्क्च् टिमले  करिब ५५ मिटर  भित्रसम्म गई खोज तथा उद्धार कार्य गरिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । रसुवागढी जलबिद्युत आयोजनामा करिब दुईसय मिटर लाङ्गटाङ्गमा करिब एकसय ५० मिटर भित्रसम्म खोज तथा उद्धारको कार्य भएको छ ।  बढीले प्रभावित अन्य जलविद्युत आयोजना लगायत ठाउँमा नेपाली सेनाको अधिकृत तहको नेतृत्व र समन्वयमा खोज तथा उद्दार कार्य भइरहेको सेनाले जनाएको छ । नुवाकोटको विभिन्न ७ स्थानहरुमा नेपाली सेनाको ग्राउण्ड फोर्समार्फत  खोज तथा उद्धार कार्य भइरहेको छ।
बढीमा परेकामध्ये दुईसय ५४ जना विदेशीसहित तीनहजार एकसय ६२ जनाको उद्धार गरिसकिएको जिल्ला प्रशासनले जनाएको छ । एकसय ७४ जना विदेशीसहित दुइहजार दुईसय ५१ जना अझै वेपत्ता रहेका छन् ।
तीन वटा सडक सञ्चालनः
बाढीले अवरुद्ध त्रिदेशिय सडकमार्गको गल्छी– देवीघाट सडक खण्डको ठुलो खोला पुल मर्मत र लेदो पन्छाउने कार्य गरिएको  जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । साथै वाढीले तादी खोलातर्फ अवरुद्ध बेली ब्रिज जोड्नका लागि सर्वेक्षण कार्य सुरु गरिएको छ ।  ढुंगे बजार क्षेत्रदेखि तिरतिरे भीरसम्म सडक भएको सो स्थानभन्दा अगाडी थप कार्य भइरहेको अधिकृत रुपेशप्रसद नेपालले जानकारी दिए । उनका अनुसार वेत्रावती पुग्न करिब २ दशमलव ८ किलोमिटर सडक खण्ड मर्मत बाँकी रहेको, उक्त खण्डमा करिब तीनसय मिटर सडक खण्ड पुरै कटान गरि नदी बगिरहेको हुँदा सो क्षेत्रका बैकल्पिक सडकको पहिचान कार्य भइरहेको छ ।
११ बैकल्पिक सडक सन्चालनः
बढीले मुल सडक अवरुद्ध गरेपछि बाहुनेबेसी–लाच्यांग–परच्यांग–धुन्चे जाने सडकमा साना सवारी संचालनमा ल्याइएको छ । यसका साथै  विदुर–चोकदे–बोहोेरेभञ्ज्याङ्ग–लच्याङ्ग– जिरोकिलो– धुञ्चे जाने सडक खण्ड सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।  यता, नुवाकोटको ढिकुरे– फेदीबेसी–चाकदे, बोहोरेभञ्ज्याङ्ग–ढुङ्गेश्वारा हुँदै वेत्रावती रसुवा जाने बाटोमा साना सवारी संचालनमा रहेको छ । चोकदे–बोहोरेभञ्ज्याङ–दण्डश्वारा– ढुङ्गेश्वारा– पाटीखर्क– भोर्ले सडकमा ठुला सवारी सञ्चालन गर्नका लागि पहल भईहेको प्रहरी उपरिक्षक विपीन रेग्मीको भनाई छ ।
विदुर नगरपालिका र लिखु गापाबाट उपलब्ध हेभि इक्युपमेण्टमार्फत बिदुर नपा १ ढुंगे,  विदुर–११ थापाटार– बेत्रावती सडक संचालनका लागि कार्य भइरहेको छ । कोलोनी– बुधसिंहघाट जाने सडक सुचारू गरिनुका साथै . गल्छी– कोशीखोला– कोलडाँडा– तारकेश्वर–२ वडा कार्यालय– छत्रेखोला पुल तरेर कुमलटार– लबडाँडा– सिरखाली– बुनीबेसी– कालीखोला– माझीगाँउ हुँदै कोलोनी जाने बैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको नुवाकोट प्रशासनले जनाएको छ ।
बेलकोटगढी– निरन्जना सडक सुचारू गरिनुका साथै विदुर नपा –५ को देवीघाट सडक खण्डमा सडक सफाई कार्य भइ दुईतर्फ सडक सञ्चालन रहेको छ । साथै बिदुर– पिपलटार– धमले– निरन्जना– बाघखोर– देउराली– दुइपीपल– कोल्पुटार हुँदै गल्छी जाने बाटो बैकल्पिक रुपमा प्रयोग भइरहेको छ ।
खानेपानीतर्फः
बाढीलेखानेपानी संरचनजा तहसनहस गरेपछि देवीघाटमा बोरिङ्गबाट जेनेरेटर प्रयोग गरि खानेपानीको व्यवस्थापन गरिएको छ । विदुरमा विभिन्न स्थानहरुमा ट्याङ्करबाट  खानेपानी व्यवस्थापन गर्ने कार्य भइरहेको बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।


सर्वाधिक रुचाइएको