पुर्व प्रधानमन्त्रि ओली नुवाकोटको बाढीग्रस्त विभिन्न स्थलमा
बिदुर – पुर्व प्रधानामन्त्रि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माओली शुक्रवार नुवाकोटमा पुगेर बाढी प्भावित विभिन्न स्थलको अवलोकन निरक्षिण गरेका छन् । उनले बाढी प्रभावित स्थल, पीडितलाई राखिएको स्थानमा पुगेर प्रभावितहरुको कुरा सुनेका हुन् । ओलीले शुक्रवार नुवाकोटका बाढी प्रभावित स्थल बिदुर नगरपालिका १ ढुंगे, त्रिशूली, बिदुर १० शुभघाटको अवलोकन गरेका हुन् । उनले बिदुर र पिपलटारस्थित बाढी प्रभावितलाई राखिएको स्थलको अवलोकन गरेको एमाले नुवाकोटका अध्यक्ष वद्री मैनालीले जानकारी दिए ।

अध्यक्ष ओलीले बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन तथा निरीक्षणका साथै खोज तथा उद्धारको अवस्था, होल्डिङ सेन्टर निर्माण, राहत वितरण तथा प्रभावित नागरिकको अवस्था, शव व्यवस्थापनको विषयमा स्थलगत जानकारी लिएका हुन् । अध्यक्ष ओली भोटेकोशी हुदै त्रिशूली नदीमा आएको बाढीबाट नुवाकोटका प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमनसमेत गरेका हुन् । बाढी प्रभावित क्षेत्रमा जिफन्ट, अनेरास्ववियु, भूतपूर्व सेना–प्रहरी संगठन, रिटर्नी फेडेरेसन लगायतका स्वयंसेवकहरूको टोली उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रिय रूपमा खटिरहेको एमालेले जनाएको छ ।

संक्षिप्त प्रतिक्रिया दिदै नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले बाढी प्रभावित क्षेत्रमा तीनै तहको सरकार सक्रियतापुर्वक लागनु पर्ने वताए । उनले नुवाकोटको विदुरलगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गरेपछि सरकारको कामको जनताले मूल्याङ्कन गरिरहेको बताए । उनले भने, ‘सरकारको प्रभावकारिता पर्याप्त भएन जस्तो लाग्छ । मानिसहरू अलपत्र छन्, यी मानिसहरू कहाँ गएर उनीहरूलाई हामी केही गर्छौँ भनेर ढाडस दिने मान्छेको आवस्यकता रहेको उनले वताए ।

उनले भने, आफूहरूले सक्दो राहत वितरण, पुरिएका घरबाट सामान निकाल्नेलगायतको काम गरिरहेको बताए । उनले सरकारले राहत, उद्धार र पुनस्र्थापनको लागि रफ्तार बढाउनुपर्ने बताए । उनले अगाडि भने, ‘ हामी बाढीग्रस्त स्थलमा गएर पीडितहरूसँगको समस्या, दुःख गुनासो बुझ्ने र हामीले राहत, उद्धार, सरसफाइका लागि स्वयंसेवक परिचालन गरेका छौँ ।’ उनले नुवाकोटमा पार्टीको तर्फबाट करिब ३ सय स्वयंसेवक परिचालित भएको बताए ।

उनले भने, ‘हाम्रो नेसनल भोलिन्टियर फोर्सले पीडितहरूलाई खाना खुवाउने, राहत सामग्री वितरणदेखि लिएर सरसफाइसम्मको काममा सहयोग गरेको छ । उनले पार्टीको तर्फबाट रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनस्र्थापनाका लागि जिल्ला तहका नेकपा एमालेको सहयोग समिति पनि गठन गरिएको बताए ।
















































