नुवाकोटका जनप्रतिनिधिद्वारा प्रधानमन्त्रिसंग बाढी पीडितलाई पुर्नस्थापना गर्न माग

– बाढी प्रभावित स्थानका जनप्रतिनिधिसंग प्रमको विशेष छलफल
लोकखबर
२०८३ भाद्र २९, सोमबार १७:२९

बिदुर – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले प्रभावित नुवाकोटको बाढीग्रस्त क्षेत्रमा जनप्रतिनिधिसंग प्रधानमन्त्रि बालेन्द्र शाहले भेट गरेका छन् । उक्त भेटमा नुवाकोटका जनप्रतिनिधिहरुले पीडितहरुको जपतिसक्दो छिट्टो पुर्नस्थापना हुनुपर्नेमा जोड दिएका छन् ।  प्रलयकारी बाढीका कारण नुवाकोटका चार स्थानीय तह प्रभावित भएको छ । बिदुर र बेलकोटगढी नगरपालिका र किस्पाङ, तारकेश्वर गापा प्रभावित भएको छ ।

ति स्थानीय तहका जनप्रतिनिधि तथा सूचना तथा सन्चारममन्त्रसिमेत रहेका नुवाकोट १ का प्रतिनिधि सभा सदस्य डा. विक्रम तिमिल्सिना, नुवाकोट २ का सांसद डा. अचुतम लामिछानेलगायतका जनप्रतिनिधिसंग प्रधानमन्त्रि शाहले सोमवार बाढी प्रभावितको अवस्थाका सम्वन्धमा जानकारी लिएका हुन् ।  भोटेकोसी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते वुधवार आएको प्रलयकारी बाढीले  नुवाकोटका त्रिशूली, ढुंगे, वेत्रावति, सोले, देवीघाटलगायतका मानव वस्तीहरु अहिले खण्डहर भएका छन् । बाढीले खण्डहर पारेका बस्तीहरु अहिले सुनसान छन् ।

बाढी प्रभावित क्षेत्रका बिदुर र बेलकोटठगढी नपाका मेयर तथा किस्पाङ र तारकेश्वर गापाका जनप्रतिनिधिले प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराउंदै अव सुरक्षित पुर्नवासको कार्यक्रम सन्चालन गर्न माग गरेका हुन् । वर्षाते भइरहेका कारण उनीहरुको लागि कायम गरिएका आ।ित सेन्टरमासमेत प्रभाव पर्न थालेको गुनासो गरेका छन् ।  प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछिको पुनःस्थापनाका लागि तयार रहन आग्रह गरेका छन् । पुर्नस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाढी प्रभावितहरुको पुनःस्थापनामा स्रोतको कमी हुन नदिने प्रतिबद्धता जनाउ.दै प्रम शाहले  सरकारी तथा दातृ निकायको स्रोत परिचालन गरिनेसमेत जनाए । पुनःस्थापनाका लागि सरकारसँग उपलब्ध तथा दातृ निकायबाट प्राप्त स्रोतसाधन परिचालन गर्ने तयारी भइरहेको प्रमले बताए ।  संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरि विपद्को समयमा प्रभावकार िकाम गरिने जनाउंदै जनप्रतिनिधिसंग प्रम शाहले संघ, प्रदेश र स्थानीय तहबीच तत्कालै समन्वय भएर उद्धार तथा राहतमा एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री शाहले  सडक सञ्जाल तत्काल पुनःस्थापना गर्ने तयारी भइरहेकोसमेत वताए । उनले प्रभावित क्षेत्रमा सडक मर्मत तथा पुर्ननिर्माण जतिसक्दो छिट्टो सञ्चालनमा ल्याउने गरी सरकारले निरन्तर काम गरिरहेको पनि बताए  ।  प्रम शाहले जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती नबसाउने जनाए । भोटेकोशी बाढीबाट प्रभावित नदी तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने जनाउंदै सुरक्षित स्थानमा व्यवस्थित बस्ती विकास गर्ने तयारी भइरहेको प्रमले वताए ।

बाढी प्रभावित क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने जनाउंदै प्रम शाहले नयाँ बस्ती बसाउँदा प्रभावितको रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति तथा खेतीयोग्य जमिनको संरक्षणलाई ध्यान दिनुपर्ने वताए । सुरक्षित पुर्नवासका लागि  सुरक्षित स्थान पहिचान गर्न उनले जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।  प्रभावित क्षेत्र नजिकै सुरक्षित स्थानमा जग्गा पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न प्रम शाहले जनप्रतिनिधिहरूलाई आग्रह गर्दै  वास्तविक अवस्था बुझ्न यस छलफल उपयोगी भएको वताए ।

जनप्रतिनिधिसँगको छलफलले बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न सहयोग पुगेको प्रधानमन्त्री शाहले बताए । प्रम शाहसंग सिंहदरवारमा बिदुर नपाका मेयर राजन श्रेष्ठ, बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङ, किस्पाङ गापाका अध्यक्ष वीरवल तामाङ, तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारीले वैठकमा गृहमन्त्री सुधन गुरुङ, भौतिक पुसर्वाधारमन्त्रि सुनील लम्साल, सूचना तथा सन्चारमन्त्री डा. विक्रम तिमिल्सिना, वागमति प्रदेशका मुख्यमन्त्रि किरण थापासमक्ष बाढीले नदीको तटीय क्षेत्रमा रहेका पीडितहरुलाई सुनामी झै जनताको उठिवास लगाएको र उनीहरुको पुर्नस्थापनाको विकल्प नभएकोसमेत वताए ।


सर्वाधिक रुचाइएको