३३ झोलुंगे पुल पुर्ननिर्माणको डिपिआर 

– आवतजामवत सम्पर्कमाध्यममा जोड
लोकखवर विशेष संवाददाता
२०८३ आश्विन ५, सोमबार २२:३६

बिदुर – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटको त्रिशूली नदीमा रहेका विभिन्न पुलहरु वगाएपछि पहिलो चरणमा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी भएको छ । पसल वगाउदा नुवाकोटको पश्चिमी भेगमा तीन सातादेखि आवतजावतमा समस्या हुदै आएको छ ।    बाढीले त्रिशूली नदीमा जडित पक्कि तथा झोलुङ्गे पुल वगाएपछि तीन सातादेखि आवागमन ठप्प रहेको छ ।

त्रिशूली नदीमा सरकारले  ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्य अन्तिम तयारीमा रहेको जनाएको छ । भौतिक पुर्वाधार मन्त्रादयले बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको जनाएको छ ।  वार राखेपछि उक्त पुलवाट आवतजावत सन्चालन भएको छ । पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट बटारिएको लठ्ठा मिलाउने, स्टिल टेक र विम जडानलगायतको   काम भइरहेको छ ।

जाली राखेसँगै २ दिनभित्र आवतजावत पुर्ण रुपमा खुल्ला गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटको भनाई छ । बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ ।  बेलकोटगढी नपा ५, नुवाकोट र  गल्छी १, फोस्रेटार धादिङ झोलुङ्गे पुल,  बेलकोटगढी ८ जिलिङ झोलुङ्गे पुल, बेलकोटगढी ५, नुवाकोट, गल्छी १, धादिङस्थित केउरेनी–गहते झोलुङ्गे पुल,  बेलकोटगढी ७ र तारकेश्वर २ जोड्ने पिमलटार–जागाराम झोलुङ्गे पुल मर्मतको अन्तिम चरणमा पुगेको छ ।

यस्तै  सिद्धलेक–६ र  गजुरी १, धादिङ कालिकास्थान झोलुङ्गे पुल,  सिद्धलेक ३ र बेनीघाट रोराङ ३  मालिङ्गा–मझुवाटार दोभान झोलुङ्गे पुल,  गल्छी १ र गल्छी ६ महेशदोभान मास्टर झोलुङ्गे पुल,  गल्छी २ र ४  चिरौंदी खोला झोलुङ्गे पुल, गल्छी २ र ४  शितलबजार–केउरेनीटार झोलुङ्गे पुल,  र गल्छी २ र ४ स्थित बेल्खु–भुतिया झोलुङ्गे पुल मर्मतको अन्तिम चरणमा पुगेको भौतिक योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार  गण्डकी ८ गोरखा र बेनीघाट रोराङ गापा ५ स्थित धादिङ बादरे झोलुङ्गे पुल,  गल्छी २ र ४ स्थित महादेवस्थान झोलुङ्गे पुल, गण्डकी–७ गोरखा र  बेनीघाट रोराङ गापा ७ धादिङ धवादीघाट झोलुङ्गे पुल मर्मत भइरहेका छन् ।

 बाढीबाट क्षतिग्रस्त बाँकी अन्य  ७ वटा झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको मन्त्रालयले जनाएको छ । त्यसका लागि  आवश्यक स्टिल पाट्र्स खरिदका लागि टेन्डर भइसकेको जनाइएको छ ।   झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पाट्र्सको व्यवस्थापन  पहिलो चरणमा आवश्यक स्टिल पाट्र्सको खरिद सम्पन्न भएको,  दोस्रो चरणमा आवश्यक स्टिल पाट्र्स खरिदका लागि सम्झौता भएको हो । प्रलयकारी  बाढीपछि हालसम्म पांच वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।
बिदुर नगरपालिका इन्द्रायणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूलीमाथि तीन वटा तुइन  र एक थान जीपलाइन  जडान गरिएको छ । बिदुर ५  देवीघाट र  विदुर ३ फिर्केप र बिदुर ४ सिमचौर रंगवारीदेखि बिदुर १२ गौरीवेशीमा एक÷एक थान तुइन जडान गरिसकिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । त्रिदेशिय मार्गको रुपमा रहेको वीरगन्ज–गल्छी–देवीघाट–बिदुर–रसुवागढी सडकमार्गको वीचमा रहेको देवीघाटमा वेलिव्रिज निर्माण भइसकेको छ । आवातजावत सुचारु भइरहेको छ ।
सोही सडकमार्गको बिदुर–वेत्रावति–कालिकास्थान सडकमार्गको वीचमा रहेको नुवाकोट र रसुवाको सिमाना वेत्रावतिमा वेलिव्रिज निर्माणका लागि आवस्यक संरचना तयार गर्ने कार्य भइरहेको छ । बिदुर नपा १ ढुंगेवजार र त्रिशूलीवजार जोड्ने वेलिव्रिज निर्माणका लागि आवस्यक कार्य सुरु भइसकेको बिदुर नपाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।  गोसाइँकुण्ड गाउँपालिका ५ र ६, रसुवाको स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना, गोसाइँकुण्ड गाउँपालिका ६ र आमाछोदिङ्मो गाउँपालिका १ हाकुबेंसी  रसुवामा तुइन निर्माण गरिएको छ । थप ३ वटा तुइन जडानको तयारी भएको भौतिक योजना मन्त्रालयले जनाएको छ ।
 नुवाकोटको किस्पाङ गापा ५ पैरेबेँसी र उत्तरगया गापा ४ रसुवा  जोड्ने स्थानमा तुइन निर्माणका लागि सहमति जुटेको छ । यसैवीच, बाढीले ध्वस्त पारेको गल्छी–बिदुर–वेत्रावती सडकखण्डको विभिन्न ‘ट्रयाक’ खोल्ने काम जारी रहेको छ ।  विनासकारी बाढीका कारण क्षतिग्रस्त गल्छीदेखि वेत्रावतीसम्मको सडकको ‘ट्रयाक’ खोल्ने काम भइरहेको नुवाकोट प्रशासनले जनाएको छ ।
उक्त सडकमार्गको वीचमा रहेको बिदुर नपा १० स्थित उत्तरगया बोर्डिङ स्कुल नजिक आएको ढुंगासहितको पहिरो हटाउने काम भइरहेको छ ।  पहिरो हटाउन नेपाली सेनाले ब्लास्टिङ गरेपछि वेत्रावतीसम्मको ‘ट्रयाक’ खुल्ने बताइएको छ । बेत्रावती जाने सडक खुलाउन ब्लाष्टिङसहित तीव्र प्रयास भएको छ ।  सो सडकमार्गको स्थित भैँसे हुँदै बेत्रावती जाने सडक सुचारु गराउन नेपाली सेनामार्फत आगिटारको चट्टानमा विष्फोटक पदार्थ प्रयोग गरी ब्लाष्टिङ गरिएको छ ।
बाढीका कारण अवरुद्ध सडक खुलाउन विदुर नपाले आवश्यक हेभी उपकरणसहित जनशक्ति परिचालन गरेको छ ।  सडक सुचारु गरी सिधै बेत्रावती पुग्ने मार्ग खोल्न कामलाई तीव्रता दिइएको हो । उक्त कार्यलाई थप द्रुत गतिमा अघि बढाउन विदुर नपाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, सुरक्षा निकायका प्रमुख तथा सडक योजना कार्यालयका प्रमुखलगायतको टोलीले स्थलगत अवलोकन गरेका छन् ।


सर्वाधिक रुचाइएको