बिस्थापित घरपरिवारलाई आर्थिक सहयोग

– आंशिक प्रभावितलाई पनि आर्थिक राहत
लोकखबर
२०८३ आश्विन १३, मंगलवार २३:३६

बिदुर – भदौ १० को बाढीबाट विस्थापित भएका नुवाकोटको तारकेश्वर गाउंपालिकाका घरपरिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । आंशिक प्रभावितलार्य पनि आर्थिक राहत दिइएको छ । तारकेश्वर गापा २ र ४ का १० परिवारका लागि प्रति परिवार ५० हजार रुपैयाका दरले हस्तान्तरण गरिएको हो ।

यससँगै, गापाले सहयोगी संस्थासँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रका आंशिक रूपमा प्रभावित परिवारहरूका लागि पनि प्रतिपरिवार १५ हजार सहयोग गरेको छ ।
उक्त दुवै सहयोगका लागि लक्ष्यित परिवारहरूको प्रमाणीकरण गरी वडाको सिफारिस सहित गाउँ विपद् व्यवस्थापन समिति समक्ष पेश गरिएको थियो । वर्षाले जमिन भासिएर असुरक्षित भएका तारकेश्वर ३ का तीन घरको निरीक्षण, घरबस्ती संरक्षण र आवास निर्माणको कार्य सुरु गरिएको छ ।

वर्षाका कारण जमिन भासिएर बस्नका लागि असुरक्षित भएका तारकेश्वर ३ रैकरधारास्थित दुई घर र जोरचौताराको एक घरको तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले निरीक्षण गरेका हुन् । निरीक्षणमा रैकरधाराका दुई घरलाई स्थानान्तरण गर्नुपर्ने र जोरचौताराको घर भने संरक्षण गरी बस्न सकिने जनाइएको छ । अध्यक्ष अधिकारीले संरक्षण गर्नुपर्ने घरको संरक्षणका लागि गाउँपालिकाले तत्कालै काम सुरु गर्ने वताए ।

पुनर्निर्माण गर्नुपर्ने दुई घरका हकमा जग्गाको पहिचान गर्न आग्रह गर्दै नयाँ घर निर्माणका लागि आवश्यक प्रयत्न सुरु गरिएको बताए । बाढीपछि नदी कटानले घर पूर्ण वा आंशिक क्षति भई बस्न अयोग्य भएका परिवारलाई तारकेश्वर गाउँपालिकाले गत भदौ १० को बाढीपछि निरन्तर भइरहेको नदी कटानका कारण घरमा आंशिक वा पूर्णरूपमा क्षति पुगी बस्न अयोग्य भएका विस्थापित परिवारका लागि प्रतिपरिवार ५० हजार सहयोग गर्ने निर्णय गरिएको थियो । बाढीपछिको कटानबाट विस्थापित भएकाहरुलाई आर्थिक सहयोग गरिएको हो ।


सर्वाधिक रुचाइएको