मास्कको अनिवार्य प्रयोग गर्न प्रहरीले चलायो अभियान

लोकखबर
१५ श्रावण २०७७, बिहीबार १२:५३

मकवानपुर ।लकडाउनको अन्त्य भएसँगै राजधानी काठमाडौंसहित देशभरका शहरहरूमा चहलपहल बढेको छ ।

चहलपहल बढेसँगै कोरोनाको जोखिम बढ्दा थप सचेत रहन सरकारले आग्रह गरेको छ । लकडाउन अन्त्य भएपनि कोरोना संक्रमणको जोखिम झन बढ्न थालेपछि प्रहरीले सचेतना जगाउने अभियान नै थालेको छ ।

नुवाकोटमा कोरोना संमणबाट बच्न र बचाउन प्रहरीले ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ भन्ने नाराका साथ अभियान नै चलाएको छ ।

बिहीबार विदुर–४ मा जिल्ला प्रहरी कार्यालय नुवाकोटले र्‍याली नै सञ्चालन गरेको छ । यो अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्डुल गर्दा नलगाए कारबाहीस्वरुप प्रहरीले १०० जरिवाना तिराउँदै आएको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*