निर्मला हत्याका प्रकरण :एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

लोकखबर
१५ श्रावण २०७७, बिहीबार १६:०५

मकवानपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका आठजना प्रहरीले सफाइ पाएका छन् ।

कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो । तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्‍चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् ।

उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् भने प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टकातर्फबाट दाजु खड्गसिंह विष्टले यातनाविरुद्धको कसुरमा प्रहरीमा उजुरी दिएका थिए ।

०७५ चैत २२ गते दिलिप सिंह विष्टका दाई खडगसिंह विष्टले आफ्नो भाईलाई प्रहरी हिरासतमा यातना दिएको र निर्मला पन्तकी आमा दुर्गादेवी सोही दिन सार्वजनिक न्याविरुद्धको कसुर दर्ता गराएकी थिइन् ।

दुवै उजुरीमा ८ प्रहरीलाई प्रतिवादी बनाइएको थियो । निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

सो अभियोगमा प्रहरीले दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*