कोरोना देखिएपछि ट्राफिक महाशाखाका एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

लोकखबर
१८ श्रावण २०७७, आईतवार १०:४०

दुईजनामा कोरोना संक्रमण देखिएपछि महानगरीय ट्राफिक महाशाखामा कार्यरत सबै प्रहरी क्वारेन्टिनमा बसेका छन् ।

महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका हुन् । संक्रमितको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको काम भइरहेकाले सबै क्वारेन्टिनमा बसेको महाशाखाका एक अधिकारीले जानकारी दिए ।

महाशाखाका प्रहरी क्वारेन्टिनमा रहेपछि अन्य युनिटबाट जनशक्ति ट्राफिक व्यवस्थापनमा खटाइएको छ । पछिल्लो समय काठमाडौंमा प्रहरीमा कोरोना संक्रमण बढी देखिन थालेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*