भारतमा पछिल्लो चौबीस घण्टामा ८५३ कोरोना संक्रमितको मृत्यु

लोकखबर
१८ श्रावण २०७७, आईतवार ११:२१

मकवानपुर ।भारतमा दैनिक ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिने क्रम सुरु भएको छ । शनिबार मात्रै भारतमा ५४ हजार ७३६ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ सय ५३ संक्रमितको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या १७ लाख ५० हजार ७२४ पुगेको छ भने मृतकको संख्या ३७ लाख तीन सय ८४ पुगेको छ ।

भारतमा अहिलेसम कुल संक्रमितमध्ये ११ लाख ४५ हजारभन्दा बढी उपचारपछि निको भइसकेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या पाँच लाख ६७ हजार सात सय ३० रहेको छ । बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*