हेटौडा अस्पतालको आकर्षण बढ्दो
मकवानपुर । हेटौडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौडा अस्पताल सेवा गुणस्तरयुक्त हुदै गएको छ । जस्ले गर्दा सेवाग्राही बढ्दै छन् । बागमति प्रदेशको राजधानीमा रहेको हेटौंडा अस्पतालमा गत वर्ष २०७६/७७ मा १ लाख ७३ हजार ३ सय ८३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
हेटौंडा अस्पतालमा ईर्मेजेन्सीमा ३६ हजार २ सय ७४ जनाले सेवा लिएका थिए जस्मा पुरुष २० हजार ९ सय ६७ र महिला १५ हजार ३ सय ६ जना रहेका छन् । त्यस्तै ओपिडिमा १ लाख ३७ हजार १ सय ९ जनाले सेवा लिएका छन् जस्मा पुरुष ५७ हजार १ सय ८ र महिला ८० हजार १ जना रहेका छन् । त्यस्तै नाक , कान , घाँटी सम्बन्धि ९ सय ७० जनाले सेवा लिएका छन् । हार्डजोर्नी सम्बन्धि ६ हजार ५ सय ३४ जनाले सेवा लिएका छन् । त्यस्तै डेन्टल सम्बन्धि १६ सय ५५ ले सेवा लिएका छन् । छाला सम्बन्धि ३२ जनाले सेवा लिएको र सबै भन्दा बढि जेनरल सम्बन्धि १६ हजार ५ सय २३ जनाले सेवा लिएको हेटौंडा अस्पतालका सुचना अधिकारी राजिब झाले बताए ।
यसैगरी हेटौंडा अस्पतालमा डाईलोसिसको प्रकृया सुरु हुन बाँकि रहेको छ । चालु आव २०७७÷०७८ मा यो सेवा पनि सन्चालनमा आउने समेत उनले जानकारी दिए ।
जिल्ला सरकारी अस्पतालको रुपमा रहेको हेटौंडा अस्पतालमा गत वर्षको अवधिमा एकलाख सेवाग्राही पुगेको यो नै पहिलो पटक हो । हेटौंडा अस्पतालका लागि एक लाख सेवाग्राही पुग्नु उपलब्धीको कुरा हो । हेटौडा अस्पतालले दिने स्वास्थ्य सेवाहरु गुणस्तरयुक्त र भरपर्दो हुदै गएकाले सेवाग्राही आकर्षण बढेको छ । बागमती प्रदेश सरकारले प्रदेशको राजधानीमा रहेको अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने योजना समेत अगाडि सारेको छ ।
पहिलो पटक हेटौंडा अस्पतालमा सेवाग्राहीको संख्या १ लाख नाघेको छ । हेटौंडा अस्पतालको सेवाहरु गुणस्तरीय हुँदै गएको, स्वास्थ्य बिमा प्रभावकारी हुँदा, कर्मचारी अनुशासित र सेवाहरु विस्तार तथा मुख्य रुपमा जनताले विश्वास गरेका कारण नै सेवाग्राही १ लाख पुगेको दावी हेटौडा अस्पतालको दावी छ ।
हेटौंडा अस्पतालमा अहिले मकवानपुर जिल्लासँगै धनुषा, बारा, पर्सा, सर्लाहिदेखि सेवाग्राहीहरु सेवा लिन आउने गरेको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिए । हेटौंडा अस्पताल सर्वप्रथम कम्प्युटराइज भएको र कतिजना बिरामी आए भन्ने तथ्यांकसहित आम्दानीको पनि हिसाब डिजिटलमा राख्ने गरेको उनले बताए ।
यो वर्षमा ल्याप्रोसकोपी, इन्डोसकोपी, नाक, कान, घाँटी, छाला तथा दन्त सेवा पनि सुचारु भएका हुँदा सेवा लिनेको संख्या बढेको उनले दावी गरे । त्यस्तै डायलासिस सेवाको सबै तयारी भएको छ । लकडाउनपछि डायलासिस सेवा सुरु गर्ने योजना छ । अक्सिजन पाइपलाइन बेडमा पुर्याइएको छ ।
विगतदेखि नै सामान्य ज्वरो, बच्चा, गाइनो तथा दुर्घटनाका बिरामीहरु बढी आउने गरेका उनले बताए । हेटौंडा अस्पतलामा न्यून आर्थिक अवस्था भएका वर्ग, निम्न मध्यम वर्गका मानिसहरुले धेरै सेवा लिने गरेको भएपनि अहिले धनी वर्गका मानिसहरु पनि सेवा लिन आउने गरेका छन् ।
फार्मेसीको कुरा गर्दा सरकारले निशुल्क दिने औषधी उपलब्ध नहुँदा समस्या आउने गर्छ । निशुल्क औषधीको समस्या छ । यसको बारेमा प्रदेश मन्त्रालय, आपूर्ति विभागमा जानकारी पनि गराएको छु डा. श्रेष्ठले भने , निशुल्क औषधी समयमै उपलब्ध नहुँदा फार्मेसीमा समस्या हुने गरेको हो । कहिलेकाहि बिरामीको कुरुवाहरुलाई बाहिर बस्नुभन्दा पनि अपजस आउने गरेको छ । चिकित्सकहरु १० बजेदेखि ३ बजेसम्म हुन्छन् । उनीहरलाई आकस्मिक कल आएमा उनीहरु जतिबेला पनि हाजिर हुनुपर्छ ।
हेटौंडा अस्पतालले मुख्य रुपमा आइसियू, एनआइसियू संचालन गर्ने योजना बनाएको छ । पहिलोपटक अहिले आइसियू सहितको आइसोलेसन वार्ड पनि कर्रामा बनाइएको छ । यस्तै फोहोरमैला व्यवस्थापन गर्न लकडाउनपछि मेसिन आउँदैछ । डिजिटल एक्स–रे मेशिन, अल्ट्र साउन्ड फोर डि ल्याउन टेन्डर भइसकेको अवस्थामा छ । लकडाउनपछि आउँछ भने अस्पतालले आफ्नो जनशक्ति थप गर्ने सँगै आम्दानीको क्षेत्र पनि बढाउने कुरालाई प्राथमिकतामा राखेको छ । अहिले हेटौंडा अस्पताल आर्थिक रुपमा पनि बलियो हुँदै गएको छ । हेटौडा अस्पतला क्रमशः फेरिदै छ ।